सामाजिक सञ्जालमा अफबाह फैलाएको भन्दै पूर्व सचिव भीम उपाध्याय पक्राउ, आज अदालत लाने तयारी

सामाजिक सञ्जालमा अफबाह फैलाएको भन्दै पूर्व सचिव भीम उपाध्याय पक्राउ, आज अदालत लाने तयारी

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

काठमाण्डौ बैशाख ११ । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा अफ्बाह फैलाएको आरोपमा ललितपुरको कुसुन्ती स्थित उनकै निवासबाट नियन्त्रणमा लिईएका उपाध्यायलाई सोह्रखुट्टेमा राखिएको जनाईएको छ ।
उनलाई साईबर अपराधको कसुरमा मुद्धा चलाउन आज जिल्ला अदालतमा लाने तयारी भएको बताईएको छ ।


उनले सामाजिक सञ्जालमा भ्रष्टाचार र नेताहरु र कर्मचारीका बारेमा लेख्दै आएका थिए ।
केही समय अघि वर्तमान स्वास्थ्य मन्त्रालयका सचिव यादव कोईरालासगँ समाजिक सञ्जालमा उपाध्यको आरोप प्रत्यारोप चलेको थियो ।
उपाध्यायले चैत्र तेस्रो साता प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, उपप्रधानमन्त्री ईस्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ भोली आईतबार सम्म पदबाट हटे भने अचम्म नमान्नु होला । नभए होलसेलमै पदमुक्त हुन बाध्य हुन सक्छ । भनेर लेखे पछि उनी बढी चर्चा र विवादमा तानिएका थिए ।
तर त्यो भन्दा अझ डरलाग्दो जवाफी स्टाटस वर्तमान स्वास्थ्य सचिव यादव कोईरालाले लेखेका थिए उपाध्यायलाई लक्षित गरेर । जसमा कोईरालाले उपाध्यायमाथि मेलम्चिमा भ्रष्टाचार गरेको, अपराधी र अंहकारी भनी उपाध्यायमाथि टिप्पणी गरेका थिए ।
त्यस यताका फेसबुक ट्वीटरमा उपाध्यायले भ्रष्टाचारको विरोध र विभिन्न सूचनाहरु पोष्ट गरेको देखिन्छ ।
उनलाई कुनचाँही स्टाटस प्रमाणका रुपमा पेश गरिएको हो भन्ने एकीन भएको छैन ।

पुर्व सचिव उपाध्याय र बर्तमान स्वास्थ्य सचिव कोईरालाबीच चलेको जुहारी यस्तो थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ