कम्युनिष्टः ७० बर्षदेखि बाडिएको सपनाको समाजबाद, बिपनामा कहिले देखिने ?

कम्युनिष्टः ७० बर्षदेखि बाडिएको सपनाको समाजबाद, बिपनामा कहिले देखिने ?

२७ बर्षमा ६ जना नेता ९ पटक प्रधानमन्त्री भए, तर जनताको सपना जस्ताको तस्तै

  • बुधबार, बैशाख १०, २०७७
  • एन्डीज शर्मा

  • 11.9K
    SHARES

नेपालमा कम्युनिष्ट आन्दोलन गर्ने जनवाद, समाजवाद ल्याउने भनेर पुष्पलाल श्रेष्ठ सहितका ५ जनाले कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको आज ७० बर्ष पुरा भएको छ ।
हो यो ७० बर्षमा कम्युनिष्ट पार्टीले प्रतिवेदन, दस्तावेज धेरै जनवाद समाजवादका नाममा लेख्यो । हिशांत्मक र शान्तिपूर्ण सबै खालका आन्दोलनमा सहभागी भयो । त्यति मात्र हैन ५१ सालदेखि आजको मिति सम्म आउदा ६ जना कम्युनिष्ट नेता ९ पटक प्रधानमन्त्री भएका छन् । तर उनीहरुले आफूले आन्दोलन गर्दा जनतालाई बाँडेको जस्तो जनवाद समाजवाद बिपनामा पूरा गर्ने त ध्यानै दिएनन् ।
पुष्पलालले कम्युनिष्ट पार्टी बनाएर , बिचार दिए , तर संगठित आन्दोलन थाल्न सकेनन् । उनलाई मनमोहन अधिकारीहरुले विस्थापित गरे । १० साल तिरैबाट । जसको परिणाम उनी सानो समुह बनाएर बैचारिक काम गर्न बाध्य भए ।
त्यस पछि मनमोहन अधिकारीले १२ सालमा राजतन्त्र स्वीकार गरेर समाजवादको शान्तिmपूर्ण प्रचार गर्ने भन्ने नीति लिए । फलत उनी ५१ सालमा सत्तामा आईपुगे । ९ महिना चलेको उनको नेतृत्वको सरकारले वृद्द भत्ता र आफ्नो गाँउ आफै बनाउ भन्ने नारा ल्याए । जुन लोकप्रिय भयो तर त्यो वास्तविक जनवाद वा समाजवादउन्मुख थिएन । त्यो केवल विद्यमान संसदीय व्यवस्थाभित्र राहत प्याकेज मात्र थियो ।
त्यस पछि झापामा चारु मजुमदारको नक्सलवादी आन्दोलनो प्रभाव परेकाले सिपी मैनाली, आरके मैनाली, मोहन चन्द्र अधिकारी केपी ओली, रत्न कुमार वान्तवा आदिले कोअर्डिनेसन केन्द्र बनाएर सामन्तलाई सफाया गर्ने भनेर केही मानिसको टाउको काटेर हिशांत्मक क्रान्ति थाले । फल स्वरुप बीरेन राजबंशी , नेत्र घिमिरे सहित केहीलाई जेलमा हालेर पछि सुखानीमा लगेर फागुण २१, २०२९ सालमा हत्या गरियो । जसलाई झापाली शहीद भनिन्छ ।

२७ बर्षमा कम्युनिष्ट पार्टीबाट मनमोहन अधिकारी, प्रचण्ड, माधव कुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, केपी ओली गरी ६ जना कम्युनिष्ट नेताहरु ९ पटक प्रधानमन्त्री भएका छन् । तर उनीहरुले आन्दोलनमा भने जस्तो, दस्तावेजमा लेखेजस्तो समाजवादी जनवादी कार्यक्रम लागू गर्ने कुरा कहिल्यै एक छेउबाट पनि शुरु गर्न सकेनन् ।

त्यही आन्दोलनमा जनवाद समाजवादको सपना बाँडेका र बर्षौ सम्म जेल बसेका केपी ओली अहिले देशका प्रधानमन्त्री छन् त्यो पनि दोस्रो पटक । मोहन चन्द्र अधिकारी अर्कै बाटो लागे । सिपी मैनालीहरु पनि पटक पटक सरकारमा सहभागी हुदै अहिले खिएर बसेका छन् ।
त्यस पछि ३६ सालको छिन्ताङ , भीमदत्त पन्तको किशान विद्रोह, सेक्टर काण्ड सबै पार गर्दै आएको कम्युनिष्ट आन्दोलन ५२ सालमा प्रचण्डको नेतृत्वमा जनयुद्धको थालनी भए पछि नयाँ बहस र तरंग पैदा गर्ने स्थितिमा गयो ।
१० वर्ष चलेको त्यस माओवादी जनयुद्धमा १७ हजार बढी मान्छे मारिए । कैयौ वेपत्ता छन्, कैयौ घाईते अपांग छन् । तर त्यो जनयुद्ध पनि अन्ततः पूजीवादी व्यवस्थामै सम्झौतामा लगेर त्यसको उपलव्धिको रुपमा प्रचण्ड दुई पटक प्रधानमन्त्री र बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भए । नन्द किशोर पुनः दोस्रो पटक उपराष्ट्रपति बनेका छन् । होलान् कोही सासद मन्त्री , सभामुख भएका होलान , केहीले धन आर्जन गरेर सुखः सहेलमा बाँचेका होलान तर जनतामा बाडिएको त्यो जनवाद समाजवाद हुदै साम्यवादमा जाने सपना फेरी पनि पूरा भएन ।
अहिले आफैले गाली गरेर तेस्रो शक्ति हुदा हुदै छोडेको संसदीय प्रणालीमा घुडाँ टेकेर प्रचण्डहरु घस्रिरहेका छन् ।
त्यस पछि फेरी क्रान्ति गर्छु भनेर छुट्टिएका मोहन बैद्य शिथिल भएका छन् नेत्र विक्रम चन्दले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद भनेर चुनाव खारेज, बम विष्फोट आदि काम गरे पनि गुणात्मक आन्दोलनको रुपमा त्यसको विकास भएको देखिदैन । सरकारले प्रतिवन्ध लगाएर उसमाथि दमनको नीति लिएको छ ।
बाकीँ दर्जनौ कम्युनिष्ट पार्टीहरु छन् नेपालमा ।माक्र्स लेनिन , माओको तस्वीर र झण्डा राखेर अलग अलग पार्टी र समुहहरु बनेका छन् कोही सत्तामा छन् त कोही सडकमा । तर जताबाट भए पनि सपनाको समाजवाद जनतामा बाँड्न छाडिएको छैन भने सत्तामा बसेर समाजवाद ल्याउने भन्दै पूजीवादी संसदीय प्रणाली बलियो बनाउने दिशामा निरन्तर स्व्यं कम्युनिष्टहरु लागिरहेका छन् ।
अहिलेको यो व्यवस्थाले जनतालाई मतदाताका रुपमा खरीद गर्ने वातावरण बनाउदैछ भने राज्य सयंयन्त्रहरु पूजिपति बर्गका लागि सजिलो कानुन र वातावरण बनाएर सुरक्षा गर्न लागेको छ । जसले कम्युनिष्ट पार्टीले भने जस्तो सर्वहारा बर्गीय अधिनायकत्व आउने संभावनै छैन । कागजमा समाजवाद लेखेर सपनाको ब्यापार गर्नु भन्दा सिधा सिधा समाजवाद ल्याउन अहिले सकिदैन । भन्दा ठीकै हुन्थ्यो बरु ।

चीनीया क्रान्तिको प्रभावमा नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो । भारतको नक्सलवादी आन्दोलनको प्रभावमा झापाको हिशात्मक विद्रोह भयो । यो सबैको पृष्टभूमिमा माओवादी जनयुद्ध जन्मियो । तर यी सबै परिघटनाहरुले न चीनमा जस्तो व्यवस्था बदल्यो, न भारतमा जस्तो कम्युनिष्टहरु समाप्त प्राय नै भए, न माओवादीले भने जस्तो समाजवाद नै आयो । जनता त्यही ठाँउमा रहे । तर नेता गाँउ र जंगलबाट सिंहदरबार पुगे, झुपडीबाट महलमा सरे फरक यति हो भन्ने धेरैलाई लागेको छ ।

यो अवधिमा ५१ सालदेखि ७७ साल सम्म २७ बर्षमा कम्युनिष्ट पार्टीबाट मनमोहन अधिकारी, प्रचण्ड, माधव कुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, केपी ओली गरी ६ जना कम्युनिष्ट नेताहरु ९ पटक प्रधानमन्त्री भएका छन् । तर उनीहरुले आन्दोलनमा भने जस्तो, दस्तावेजमा लेखेजस्तो समाजवादी जनवादी कार्यक्रम लागू गर्ने कुरा कहिल्यै एक छेउबाट पनि शुरु गर्न सकेनन् । बरु आकर्षक नारा खोज्ने, लोकप्रियता प्राप्त गर्ने,फेरी चुनाव जीत्ने र फेरी त्यही व्यवस्थामा जाने, आशिंक सुधारका कुरा देखाएर समाजवाद, जनवाद, बहुदलीय जनवादको नाराको व्यापारनै गरेको भन्दा फरक पर्दैन । मदन भण्डारीले बहुदलीय जनवादको अर्को नारा ल्याए जसले एमालेलाई सरकारमा जाने स्थितिमा पुर्यायो । त्यो पनि समाजवाद आधारीत हैन उद्धारवादी व्यवस्था घुमाउरो हिशाबले पूजीवादी व्यवस्थामा मिसिएर काम गर्ने तरीकाबाट आएको थियो ।
अतः अहिले दुई तिहाईको शक्ति छ , देशलाई समाजवादी मुलुक घोषणा, गरेर दलाल पूजीवाद नियन्त्रण गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास मार्फत समाजवादलाई पूर्णता दिने तिर पाईला चाल्नु पर्ने हैन र ? संविधान समाजवाद उन्मुख भनिएको छ । अनि अहिले हेर्यो भने यो माहामारीमा नेता , पूजीपति आरामले घरमा सुतेर खाईरहेका छन् । तर मजदुर बर्गको स्थिति हेर्न कोटेस्वर, धादिगं पुग्दा के देखिन्छ ? समाजवाद भने पछि त मजदुर किशान पक्षधर व्यवस्था हो नि खै उनीहरुले खान र बस्न समेत नपाएर हप्तौ दिन लगाएर किन गाँउतिर फर्किन बाध्य छन् । के यसैलाई समाजवाद उन्मुख भनेर ताली बजाईरहनु पर्ने हो ?
७० बर्ष समाजवादको सपनाको राजनीतिक ब्यापार भयो धेरै । जनताले त्यसैका पछि लागे । अर्थात मर्न तयार भए , मार्न तयार भए , वेपत्ता हुन तयार भए । तर फल केवल नेतालाई लाग्यो । जनतालाई उही सुख्खा, उही दुखी र उही परनिर्भरता । चीनीया क्रान्तिको प्रभावमा नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो । भारतको नक्सलवादी आन्दोलनको प्रभावमा झापाको हिशात्मक विद्रोह भयो । यो सबैको पृष्टभूमिमा माओवादी जनयुद्ध जन्मियो । तर यी सबै परिघटनाहरुले न चीनमा जस्तो व्यवस्था बदल्यो, न भारतमा जस्तो कम्युनिष्टहरु समाप्त प्राय नै भए, न माओवादीले भने जस्तो समाजवाद नै आयो । जनता त्यही ठाँउमा रहे । तर नेता गाँउ र जंगलबाट सिंहदरबार पुगे, फुपडीबाट महलमा सरे फरक यति हो भन्ने धेरैलाई लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी