अध्यादेश आपत्तीजनक र गैह्रजिम्मेवार कदम भएको तरुढ दलकाे ठहर

अध्यादेश आपत्तीजनक र गैह्रजिम्मेवार कदम भएको तरुढ दलकाे ठहर

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडाैं, ९ वैशाख ।

नेपाल तरुढ दलले सरकारले ल्याएको दुुई अध्यादेश आपत्तीजनक र गैह्रजिम्मेवार कदम भएको बताएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश पारित हुनु संविधानको मर्म बिपरित, गलत राजनीतिक अभ्यासले अस्थिरता संगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलको ठहर छ ।

तरुढ दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी संसद छल्दै सरकारले पेश गर्ने र राष्ट्रपतिले सदर गर्ने गरी ल्याईएका अध्याधेशहरुले अस्थिरता निम्तिनेतर्फ मुलुक गएकोमात्र नभई प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने सरकारी रणनीतिले कम्युनिष्टले जितेमा मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने काँग्रेसको निर्बाचन अगाडीको आँकलन सहि हुँदै गएको देखिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएकोछ, ‘नेकपा नेतृत्वको सरकारको नालायक सावित भएको र उनीहहरुको यस्तै उल्टो मतीले गर्दा नेकपा पनि सिद्धिने र सरकारको पनि आयु समाप्त हुने शुरुवात भएको देखिएको, विनाश काले विपरित बुद्धि भन्दा फरक नपर्ने हुन्छ। माहामारीका कारण बिश्वमा मर्ने मानिसको संख्या दुई लाख पुग्न लाागेको र नेपालमा ३१ जना संक्रमीत भएको दर्दनाक अवस्थामा सरकारले बेमौसमी बाँसुरी बजाई जनताबिरुद्ध राजनीति गरिरहेको तीन करोड नेपाली जनताले बुझेका छन् ।’

साथै उनले लकडाउनको बाहनामा घरभित्र थुनेर अध्याधेश ल्याई अधिनाकतातर्फ मुलुक धकेल्ने सपना देख्नु दिवा स्वप्न भएको भन्दै लोकतन्त्री बिरोधी बिधेयक तत्काल फीर्ता लिन समेत अनुरोध गरेका छन् ।

तरुढ दलले देश, जनता र लोकतन्त्र बिरोधी अध्याधेश फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउन समेत पछि नपर्ने चेतावनी दिदै आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार सरकार नै हुने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ