धनुषामा प्रशासनले गर्यो कडाईः जिल्लाका मन्दिर, मस्जिद, गुम्बामा नवआगन्तुक तथा अपरिचितलाई वास नदिने

धनुषामा प्रशासनले गर्यो कडाईः जिल्लाका मन्दिर, मस्जिद, गुम्बामा नवआगन्तुक तथा अपरिचितलाई वास नदिने

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

९ बैशाख, धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा रहेका सबै जमातीहरुलाई कोरोना उपचार तथा क्वारेन्टाइनमा ल्याई सहयोग गर्न मुस्लिम अगुवाहसँग आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मुस्लिम अगुवाहसँग समग्र शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता सम्बन्धमा बैठक गरी सो आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले राजनीतिक दलका मुस्लिम प्रतिनिधि तथा मौलानाहरुलाई जमातीहरुलाई परीक्षणमा ल्याउन सहयोग गर्न आग्रह गरे ।

बैठकले जिल्ला भित्र रहेका सम्पूर्ण मन्दिर, मस्जिद, गुम्बालगायतका धार्मिक संरचनामा नवआगन्तुक तथा अपरिचित व्यक्तिलाई वास नदिने तथा नयाँ व्यक्तिहरु आएमा सम्बन्धित संस्थाले तत्काल स्थानीय प्रशासनलाई खबर गर्ने र सामाजिक सञ्जालबाट कुनै पनि अफवाह फैलाउननपाईने पनि निर्णय गरेको छ ।
नेपालमा जमात समूहका मुस्लिमबाट कोरोनाको जोखिम बढेको भन्दै उनीहरुको तथ्यांक तत्काल संकलन गर्न राष्ट्रिय मुस्लिम आयोगले पनि निर्देशन दिइसकेको छ ।

उदयपुरको मस्जिदमा रहेका १२ र पर्सामा तीनजना जमात समूहमा कोरोना संक्रमण पुष्टि भएपछि आयोगले उक्त तथ्यांक मागेको हो ।

अध्यक्ष समीम मियाँ अन्सारीका अनुसार नेपालमा करीब एक सय विदेशी धार्मिक जमात छन् । उनीहरु धार्मिक कार्यमा आएका समयमा लकडाउनका कारण विभिन्न मस्जिदमा रोकिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ