प्रहरीद्वारा थप २२ हजार ५ सय किलो गुणस्तरहीन दाल बरामत, कलैया उपमहानगरका ५ जना वडाध्यक्ष पक्राउ

प्रहरीद्वारा थप २२ हजार ५ सय किलो गुणस्तरहीन दाल बरामत, कलैया उपमहानगरका ५ जना वडाध्यक्ष पक्राउ

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

वैशाख ८, बारा ।
प्रहरीले कलैया उपमहानगरपालिका–७ मा रहेको यादव आईस एण्ड कोल्ड स्टोरमा चार वर्षअघि भण्डारण गरिएको थप २२ हजार ५ सय किलो रहरको दाल बरामद गरी सिल गरेको छ ।
सोमबार साँझ दाल सिल गरेर परीक्षणको लागि नमुनासमेत संकलन गरिएको छ । यसअघि ९ हजार ५ सय किलो रहरको दाल सिल गरेको थियो ।

उक्त कोल्डस्टोरमा भाडामा भण्डारण गरेको धनलक्ष्मी दाल मिल वीरगन्जका सञ्चालक तेजकरण जैनले आफ्नो अरु पनि दाल कोल्डस्टोरमा भण्डारण रहेको बयान दिएपछि प्रहरीले साँझ दाल बरामद गर्न कोल्डस्टोर पुगेको थियो ।
कोल्डस्टोर पुगेर प्रहरीले खोजतलास गर्दा दाल कोल्डस्टोरको भरÞ्याङमा रहेको पाएको थियो । प्रहरी हिरासतमा रहेका मिलका सञ्चालक जैनले बयान दिएपछि हिरासतमै अनुसन्धानको सिलसिलामा रहेका कोल्डस्टोरको रेखदेश गर्ने मुन्सी कृष्ण यादव सित प्रहरीले जैनको बयान पुष्टि गराउन खोज्ने क्रममा मुन्सीले कोल्डस्टोरमा थप दाल रहेको सुइको दिएको थियो । त्यसपछि प्रहरीले बाँकी दाल बरामद गरी सिल गरेको हो ।

प्रहरी उपरीक्षक कृष्ण पंगेनीकाअनुसार ५० किलोको ४ सय ५० बोरा दाल दोस्रो ‘लट’मा सिल गरी परीक्षणका लागि नमुना संकलन गरिएको बताउनु भयो ।

यसअघि २५ किलोको ३ सय २० बोरा सिल गरिसकिएको उहाँले बताउनु भयो । विभिन्न ‘लट’मा भण्डारण गरिएका यी कुहिएका दाल कोल्ड स्टोरबाट बिक्री भई राहतमा बाँडिएकोले थप अनुसन्धानका लागि दोस्रो ‘लट’को दालसमेत बरामद गरी सिल गरिएको उहाँको भनाइ छ ।

मिल सञ्चालकका छोरा निशान्त जैनले कोल्डस्टोरमा ४८ हजार किलो दाल आफूले भण्डारण गरी भाडा तिर्दै आएको बताएका छन् । ‘३२ हजार किलो मात्र दाल भए पनि अरु दाल कोल्ड स्टोरले हाम्रो सहमतिबिना बिक्री गरेको छ,’ उनले भने, ‘बाँकी दाल पनि मैले पाउनुपर्छ ।’
यता सुरुको ‘लट’ को दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहीन प्रमाणित गरेपछि प्रहरीले कोल्ड स्टोरका मुन्सी, दाल भण्डारण गर्ने मिलका सञ्चालक र राहतमा दाल बाँड्ने कलैया उपमहानगरका ५ जना वडाध्यक्षहरुलाई हिरासतमा लिएर कालोबजारी मुद्दाअन्तर्गत अनुसन्धान गरिरहेको छ ।

कोल्डस्टोर कांग्रेसका पूर्वसांसद राधेचन्द्र यादवको नाममा दर्ता भई उनका छोरा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय र भतिज रोशन भन्ने रविन्द्र यादवले सञ्चालन गरी कारोबार गर्दै आएका छन् । कोल्डस्टोर सञ्चालक पक्षले दाल भण्डारण गर्ने धनलक्ष्मी मिलका सञ्चालक जैनको सहमतिमा दाल बिक्री गरिएको बताउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ