गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित बसपार्कमा रहेको एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो किराना पसलमा लागेको आगलागीमा परी खनाल स्टोर्सका सञ्चालक पूर्णबहादुर खनालका छोरा १५ वर्षीय समीर खनालको मृत्यु भएको हो ।
घाइते हुनेमा ४५ वर्षीय पूर्णबहादुर खनाल, उनकी श्रीमती ४२ वर्षीया रुपा खनाल र उनका छोरा २१ वर्षीय सञ्जय खनाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । घाइतेलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ ।
पसलबाट डिजेल, पेट्रोल बिक्री गर्दै आएकाले आगलागी तत्काल नियन्त्रणमा लिन नसक्दा पसलको सामन जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline