संसार गतिहिन छ । यसलाई गतिमय बनाउन जरुरी छ । कोरोना नकारात्मक तरीकाबाट सिकिने सकारात्मक उर्जा हो । यसले मानवजातिमा चेत खोलेको छ । अहिले सम्मको विकासको अंह चकनाचुर भएको छ । घर भित्र बस्न नदिने भूकम्प र घर बाहिर बस्न नदिने कोरोना दुवैले मान्छेको हैसियतमा चेत खुलाए । त यो क्षणिक चेत बन्ने डर छ । यसलाई दीर्घकालीन वनाउने हो भने हामीले केही सोच्नै पर्दछ । धेरै कुरा गर्नै पर्दछ । अझ धेरै कुरा छाड्नु पर्दछ ।
सोच्नै पर्ने कुरा
१. रेमिट्यान्समा भर पर्ने अर्थतन्त्रलाई कसरी बदल्ने र स्वतन्त्र अर्थ व्यवस्था कसरी कायम गर्ने ।
२.नेपालको अहिलेको अल्छी शिक्षा पद्धति , अति पढेकाले साधारण काम गर्न नहुने भन्ने शिक्षा र कर्ममा नउतार्ने ज्ञानको शिक्षालाई त्याग्न के गर्नु पर्छ सोच्नै पर्ने भएको छ ।
३.देशमा रहेको युवा बेरोजगारीलाई कसरी रोजगार बनाउने सोच्नै पर्ने भएको छ ।
४. राजनीतिलाई उत्तरदायी, पारदर्शी, योग्य,सक्षम र ईमान्दार कसरी बनाउने ? राजनीतिक शुद्धीकरण र भ्रष्टाचार उन्मुलन कसरी गर्ने ?
५. देशमा रहेको बर्गीय एवं आर्थिक असमानता एवं सामाजिक विभेदलाई कसरी अन्त्य गर्ने सोच्नु पर्ने अर्को बिषय हो ।
६. कृषि र पशुपालनको दायरालाई कसरी फराकीलो बनाउने ? व्यशायीक कृषिलाई कसरी प्रवद्र्धन गर्ने ? यो पनि अर्को बिचारणीय पक्ष हो ।
७. पर्यटन क्षेत्र, पुर्वाधार विकास र पर्यटनको व्यपारीकरण कुन तरीकाबाट गर्ने ?
८. नैतिकतायुक्त समाजको विकास कसरी गर्न सकिन्छ ? खस्किदो आचरण र व्यवहार एवं संस्कारलाई कसरी माथि उठाउने ?
यी माथिका कुराहरुलाई पूरा गर्न हामीले तुरुन्त केही गरीहाल्न पर्दछ । ती मुख्य कुराहरु देहायबमोजिम छन् ।
(क) नेपालका युवाहरुलाई उनीहरुको दक्षता र क्षमता अनुसारको काम लगाउन आवस्यक प्रवन्ध गर्ने । यसको लागि कृषि, पशुपालन र पर्यटनमा आवस्यक तालिम दिई, सहुलियत दरमा क्रृण दिई काम गर्न लगाउने । यो सजिलो कुरा होईन । यसमा व्यापक जागरणको खाँचो छ । प्रदेश र स्थानीय तहको समन्वयमा यो कुरा गर्न सकिन्छ । अहिले बाँझो परीरहेको जमिनलाई कुनै पनि हालतमा उर्वर बनाउने । एक क्षेत्र एक खेतीको पहिचान गरी कृषिमा सहकारीता वा कम्पनी मार्फत काम गर्ने । सरकारले बजारको व्यवस्थापन, मलविउको अनुसन्धान र आपुर्तिको व्यवस्था मिलाउने । यसका लागि गाँउमा सामुहिक बस्ती बसाउने । सामुहिक बस्ती बस्ने जग्गाको पहिचान गरी आवस्यकता अनुसार स्वामित्व नदिई भोगाधिकार बाट यो कार्य गर्ने, यसको लागि स्थानीय तहसगँ समन्वय गरी नीति बनाउने ।
(ख) अहिलेको शिक्षाको पाठ्यक्रम परिवर्तन गरी नीतिगत र व्यवहारीक बनाउने । शिक्षामा सिद्धान्त भन्दा बढी व्यवहारलाई जोड दिने । नक्कली प्राक्टिकल नगराई सक्कली काम मात्रै लगाउने । ईन्टर्नसिप अनिवार्य गर्ने । अनुसन्धानमुखी बनाउने । कृषि र पर्यटनमुखी शिक्षा दिने तर त्यसमा योजना सम्पन्न नगरी डिग्री नदिने ।
(ग) जडीबुटी र बन पैदावारको अनुसन्धान र विक्री वितरण प्रवद्र्धन गर्ने । सालको पनि बोट लगाउन दिने, काट्न दिने । पाँच औले र कस्तुरीको खेती गर्ने,यार्सा गुम्बा संकलन गर्न दौडिने होईन, त्यसको खेती गर्ने, रक्त चन्दनको खेती गर्ने वा रुख लगाउन दिने ।
(घ) संसारमै महंगो भएका चीजको नेपालमा उत्पादन गर्ने, प्रशोधन गर्ने र विक्री गर्ने ।
(ङ) अन्तराष्ट्रिय पर्यटनलाई लक्षित गरी धार्मिक पर्यटन, आध्यात्मिक पर्यटनको विकास गर्ने । गौरी शंकर हिमाल नै वास्तविक कैलाश भएकाले त्यसमा पूर्वाधार विकास गरी गौरीशंकर सहितको कैलाश बनाउने ।
(छ) कन्फरेन्स पर्यटनका लागि अन्तराष्ट्रिय स्तरका होटल, काठमाण्डौं बाहिर खोल्ने, पदयात्राको विकास गर्ने ।
(ज) बुद्धको अध्ययन पद्धति सिकाउने स्कुल खोल्ने र वुद्धत्व कसरी प्राप्त गर्न सकिन्छ भनी सिकाउने ।
(झ) वैदिक ज्ञान र सभ्यतालाई आधुनिक मान्यतासगँ मिसाई शुरु देखि नै वालवालिकालाई संस्कारयुक्त शिक्षा दिने । वैदिक शिक्षालाई कर्मकाण्ड र ज्ञानकाण्डमा विभाजन गरी ज्ञान काण्डको अन्तराष्ट्रियकरण गर्ने , छुट्टै विश्व विद्यालय खोल्ने वा संस्कृत विश्व विद्यालयलाई नयाँ तरीकाबाट डिजाईन गर्ने । यसमा गृहकार्य गर्ने ।
(ञ) युवा बेरोजगारहरुलाई देश भित्र नै परिचालन गर्न उनीहरुको जोश, जाँगर र प्रौढहरुको अनुभवलाई साथै राख्न सक्ने वनाउन क्षेत्रीय सन्तुलन र संभाव्यतालाई विचार गरी ठूला ठूला कृषि, पर्यटन,वन,पशुपालनसगँ सम्बन्धित योजना बनाउने र कार्यन्वयन गर्ने । यसका लागि आगामी बजेटमै व्यवस्था गर्ने ।
(ट) गृहीणी महिलालाई लक्षित गरी स्थानीय तहमा स्वावलम्बी कार्यक्रम सञ्चालन गर्ने,घरेलु सिपको अन्तराष्ट्रिय प्रवद्र्धन गर्ने ।
(ठ) देशलाई चाहिने स–साना उत्पादनका सामाग्रीहरु पहिचान गरी बनाउन लगाउने , त्यसमा स्थानीय सामाग्रीको प्रयोग गर्ने ।
(ड) बर्गीय असमानता हटाउन गरीब केन्द्रीत आयमुलक कार्यक्रम विकास गर्ने,भूमिहीन गरीबहरुलाई राज्यले खेती गर्ने जग्गा उपलव्ध गराई सामुहिक खेती व्यवस्थापन गर्ने ।
(ढ) दीर्घकालमा अन्तरजातिय विवाहबाट जात जातिको विभेद हटाउन सकिन्छ । आरक्षणबाट भन्दा क्षमता विकासबाट सामाजिक विभेद हटाउने रणनीति लिने । आर्थिक शसक्तिकरणका उपायबाट नै असमानता हटाउन सकिन्छ ।
अहिले बाँझो परीरहेको जमिनलाई कुनै पनि हालतमा उर्वर बनाउने । एक क्षेत्र एक खेतीको पहिचान गरी कृषिमा सहकारीता वा कम्पनी मार्फत काम गर्ने । सरकारले बजारको व्यवस्थापन, मलविउको अनुसन्धान र आपुर्तिको व्यवस्था मिलाउने । यसका लागि गाँउमा सामुहिक बस्ती बसाउने । सामुहिक बस्ती बस्ने जग्गाको पहिचान गरी आवस्यकता अनुसार स्वामित्व नदिई भोगाधिकार बाट यो कार्य गर्ने, यसको लागि स्थानीय तहसगँ समन्वय गरी नीति बनाउने ।
(ण) कानुन र व्यवस्था कायम गर्न सरकारी संयन्त्रको सुसासन आवस्यक हुन्छ । सरकारले कानुन कार्यन्वयनमा बिशेष जोड दिनु पर्दछ । अदालत पनि विकास मैत्री हुनु पर्दछ ।
(त) राजनीतिज्ञको योग्यता तोकिनु पर्दछ र अवकासको उमेर पनि तोक्नु पर्दछ ।
(थ) वालवालिकालाई आत्मनिर्भर हुने शिक्षा दिनु पर्दछ । अंशवण्डाको प्रथालाई खारेज गर्नु पर्दछ । अत्याधिक परनिर्भरता हटाउन आवस्यक छ । वृद्धवृद्धाको लागि वृद्धाश्रमको सट्टा बाबुआमाको सम्मान गर्न आवस्यक नीति बनाउनु पर्दछ ।
(द) पानी उद्योग नेपालको लागि राम्रो क्षेत्र हो । अन्तराष्ट्रिय रुपमा नै पिउने पानीको संकट छ । त्यसैले पिउने पानीका उद्योग खोली पानी निकाशी गर्नु पर्छ र विद्युतमा आधारीत अर्थतन्त्र बनाउन घरेलु आवस्यकता पूरा गरी बाह्य निकासी गर्न सक्ने वातावरण बनाउनु पर्दछ ।
(ध) विदेशमा रहेका योग्य विद्धान र अनुभवि नेपालीलाई स्वदेश फर्कन आव्हान गरी उनीहरुको विद्धता देशभित्र प्रयोग हुन सक्ने वातावरण नीति , योजना र कार्यक्रम विकास गर्नु पर्दछ ।
छाड्न पर्ने कुराहरु
१. अल्छी र घमण्डीपन छाड्नु पर्दछ । परावलम्वी वा आश्रित संस्कृतिबाट माथि उठ्न आवस्यक छ । महिलाहरुलाई पनि विकासको साझेदार,कामको साझेदार र हकको साझेदार बनाउन आवस्यक भएकाले उच्च, निच्च र भेदभावको संस्कृति छाडी कामको संस्कृतिमा लाग्नु पर्दछ ।
(२) टिका टिप्पणी र गालीगलौज वा अर्काको बारेमा सोच्ने पद्धति छाड्नु पर्दछ ।
(३) औपनिवेशिक र दासताको मनोवृति छाड्नु पर्दछ , दातामुखी हुनु हुदैन । अर्काको भरमा बाँच्नेले आफ्नो निर्णय गर्न सक्दैन ।
(४) भारत र चीनलाई एवं अमेरीका र यूरोपलाई गाली गर्ने प्रवृति छाडी तिनीहरुबाट सिक्न पर्ने कुराको पहिचान गर्नु पर्दछ ।
(५) धनी हुन सिकाउने हो, धनीलाई गाली गर्ने होईन, पढ्न लेख्न सिकाउने हो तर पढेलेखेकालाई गाली गर्ने होईन, रचनात्मक कुरा सिक्ने र विध्वसात्मक कुरा छाड्ने हो । गरीबहरुको बुई चढेर गर्ने राजनीति छाड्नु पर्दछ ।
(६) काम सानो हुदैन , काम नगर्ने बानी छाड्नु पर्दछ । जसले जे जान्दैन त्यसलाई त्यही काम दिने तरीका छाड्नु पर्दछ । योग्यता र क्षमता अनुकुल काम गराउनु पर्दछ ।
(७) मोटो हुने रहर छाड्नु पर्दछ , स्वस्थ्य र दुरुस्त हुनु पर्दछ , रुने बानी छाड्नु पर्दछ ।
लेखकः सर्वोच्च अदालतका पूर्व रजिष्टार हुन् ।
(सूचनाको हकमा विद्यावारिधी गरेका लेखक सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञ तथा पूर्वरजिस्टार हुन् ।)