सिमापारी भारतमा आमाको किरिया बसेको ६ दिन पछि नेपाल आउन पाए बासुदेव

सिमापारी भारतमा आमाको किरिया बसेको ६ दिन पछि नेपाल आउन पाए बासुदेव

  • आइतवार, बैशाख ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टीनमा आमाको किरिया बसेका बासुदेव भट्ट ६ दिनपछि नेपाल फर्किएका छन् । आइतबार दिउँसो दत्तु नाकाको पुल खोलेर शैल्यशिखर नगरपालिका‐१ जोग्यौडा घर भएका बासुदेव भट्टलाई नेपाल प्रवेश दिइएको हो ।

आरडीटीका लागि जिल्ला अस्पताल ल्याइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले बताए।

आइडिटी जाँचपछि उनलाई होम क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतीय प्रशासनको समन्वयमा भट्टको उद्धार भएको हो ।

गत गत मंगलबार उनकी आमा गौमती भट्टको मृत्यु भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ