तेह्रथुम, बैशाख ७ गते । तेह्रथुमको छथर गाउँपालिका-२ बस्ने रेवन्त बि.क.को १० बर्षीय छोरा सरोज बि.क. र निजकै भान्जी १० बर्षीया ऐलिना बि.क. तेलिया खोलाको दहमा मृत फेला परेका छन् ।
शनिवार दिउँसो दुबै बालक तथा बालिका छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका-५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न भनी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान साँढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृयाका साथै थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline