अर्को खुसीको खबरः फेरी धनगढीका एक कोरोना संक्रमित युवा निको भए, डिस्चार्ज हुदै

अर्को खुसीको खबरः फेरी धनगढीका एक कोरोना संक्रमित युवा निको भए, डिस्चार्ज हुदै

  • आइतवार, बैशाख ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

धनगढी बैशाख ७ । नेपालमा फेरी अर्का एक युवाले कोरोना विरुद्धको युद्ध जीतेका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ । यो सगैँ नेपालमा जम्मा संक्रमित ३१ मध्य ४ जना निको हुन सफल भएका छन् । बाकीँ २७ जनाको भने देशका विभिन्न अस्पतालमा उपचार जारी छ ।

भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भएकाे हाे ।

सेती प्रादेशिक अस्पतालमा पाँच जना संक्रमित बिरामीको उपचार भइरहेकोमा लम्कीचुहाका २१ वर्षीय युवालाई सञ्चो भए पनि अन्य चार जना बाँकी छन् ।

यस अघि तीन जना निको भएर घर फर्किसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ