महामारीका बेला दालमा कालोबजारी गर्ने व्यापारी तेजकरण शर्मा पक्राउ

महामारीका बेला दालमा कालोबजारी गर्ने व्यापारी तेजकरण शर्मा पक्राउ

  • आइतवार, बैशाख ७, २०७७
  • राहुल गुप्ता

  • 9.2K
    SHARES

बैशाख ६ बारा ।बारा प्रहरीले दाल कालोबजारी गरेको आरोपमा वीरगन्ज स्थित धन लक्ष्मी दाल मिलका संचालक तेजकरण शर्मालाई पक्राउ गरेको छ ।

शर्मालाई हिजो सांझ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कलैयाको हिरासतमा राखिएको प्रहरी ले जनाएको छ । कलैया स्थित यादव कोल्ड स्टोरमा राखिएको खान अयोग्य दाल राहतमा वितरण गरेको गुनासो पछि प्रहरीले दाल नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले कालोबजारी ऎन अन्तरगत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो । अहिले सम्म प्रहरीले तीनजनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । केही व्यक्तिलाई पक्राउ गरिएको र मुद्दाको अनुसन्धान जारीरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।

दाल कालोबजारी गरेको आरोपमा पक्राउ परेका धन लक्ष्मी दाल मिलका संचालक शर्मालाई छुटाउन सत्तारुढ नेकपाका जिल्ला नेताहरुले दवाव दिईरहेको प्रहरी स्रोतले जनाएको छ । शर्मालाई हिरासत मुक्त गराउन उद्योग वाणिज्य संघ बाराका केही पदाधिकारी समेत प्रहरीलाई दबाब दिईरहेको प्रहरी स्रोतको दाबी छ ।

दाल कालोबजारी मुद्दामा केही जनप्रतिनिधि, केही कर्मचारी लगायतलाई प्रहरीले कानुनी दायरामा ल्याउने तयारी गरेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिश्रले दुईरतीन दिनमा थप जानकारी गराउने जानकारी गराउनु भयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ