बैशाख ७ बिराटनगर । नेपाल बिध्यार्थी संघ को ५१ औं स्थापना दिवश रक्तदान र दीप प्रज्वलन गरेर मनाएको छ ।
कोरोना भाइरस को सन्त्रास सगै रगत अभावलाई मध्य नजर गर्दै पुस्पलाल चोक,बरगाछी र मुनाल चोक गरि ५१ प्रीन्ट रगत संकलन गरेको कार्यक्रम मा नेपाल बिध्यार्थी संघ पुर्व सभापति द्वय सुभाष भण्डारी ,गोकुल थापा,नेका जिल्ला सदस्य साथै बिध्यार्थी बिभाग प्रमुख राजु मास्के,बिराटनगर महानगरका मेयर भिम पराजुली,महासमिती सदस्य शुचि चौधरी लेनेबि संघ जिल्ला सचिब दिपेन रौनियार ,नेता आभास अधिकारी ,किसोर मेहता,आसिका घिमिरे लगाएत ले रगत दान गर्नु भएको थियो ।
कार्यक्रम मा हौसला प्रदान गर्न मा।बिन्दिया कार्की,पुर्व केन्द्रिय सदस्य यदु बिष्ट ,तरुण दल जिल्ला अध्यक्ष प्रभाकर थापा,महानगर सभापति संतोष न्यौपाने ,गुराँस पुस्तकालय अध्यक्ष दिपक चापागाईं,नेका सभापति शत्रुधन पौडेल लगाएत को उपस्थिति रहेको थियो ।
यस्तो बेला आएर रगतदान दिने रगतदाता प्रती नमन गर्दै,साथै स्वास्थ्यकर्मी र दिन रात जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मी दाजुभाइ दिदिबहिनी ,कर्मचारी लागएतको हौसला र वीर सहिद हरुको स्मरणमा साँझमा कोशी अञ्चल अस्पताल परिसरमा दिपप्रज्ज्वलन कार्यक्रम गरेको नेपाल बिध्यार्थी संघ मोरङ जिल्ला अध्यक्ष देवचन्द्र घिमिरे जानकारी दिनु भयो।
