लकडाउन भएयता रौतहटमा ३ वटा बलत्कारका घटना, शौच गर्न निस्केकी १० बर्षिया बालिका बलात्कृत

लकडाउन भएयता रौतहटमा ३ वटा बलत्कारका घटना, शौच गर्न निस्केकी १० बर्षिया बालिका बलात्कृत

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

रौतहट, ६ बैशाख ।

लकडाउन भएयता रौतहटमा ३ वटा बलत्कारका घटना भएका छन । पछिल्लो समय शौच गर्न निस्किएकी एक बालिका बलत्कारको शिकार बनेकी छिन् । रौतहटको फतुवा बिजयपुर नगरपालिका वाड नं. ५ मा ५५ बर्षिय पुुरुषले १० बर्षिया बालिकालाई बलात्कार गरेका हुन् ।

५५ बर्षिय वारीस अन्सारीले सुुस्त मन्स्थिीतीकी एकजना १० बर्षिया बालिकालाई शौच गर्न निस्केको मौका पारी बलात्कार गरेको प्रहरीले जनाएको छ । बिहिवार राती पिसाव फेर्न बाहिर निस्केका ५५ बर्षिय अन्सारीले बालिकालाई ललाई फकाई आफुु सुत्ने गोठमा लगेर करणी गरीरहेकै अवस्थामा बालिकालाई खाज्दै गएकी पिडिताकी आमाले रंगेहात फेला पारेपछि प्रहरीले पिडकलाई पक्राउ गरेको छ ।

पिडितकी आमालाई धक्का दिएर आरोपी अन्सारी फरार भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले गाउँमै लुकिछिपि बसेको अवस्थामा उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी दिनुभयो ।

पिडित बालिका र पिडकको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण भएको प्रहरीले जनाएको छ । पिडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबरदस्ती करणी बारे मुद्धा दर्तागरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर अनुुसंधान तथा कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरी निरिक्षक साहले जानकारी दिनुभयो ।
यस अघि पनि सोही नगरपालिकामा र कटहरिया नगरपालिकामा बालिकाहरु बलत्कारका शिकार भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ