जनकपुरमा सडकै भरी पैसा छर्ने दुई मुस्लिम महिला पक्राउ, जनजीवन त्रसित बनाउन खोजेको आरोप

जनकपुरमा सडकै भरी पैसा छर्ने दुई मुस्लिम महिला पक्राउ, जनजीवन त्रसित बनाउन खोजेको आरोप

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

जनकपुर बैशाख ६ । जनकपुरका विभिन्न ठाँउमा हिजो राति पैसाको नोट छर्ने कार्यमा संलग्न भएको आशंकामा प्रहरीले दुई मुल्सिम महिलालाई पक्राउ गरेको छ । महाविरचौकस्थित सडकमा हिजो पैसा छरिएको थियो ।

शनिबार पक्राउ पर्नेमा दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन्। पक्राउ परेका आमुना र अलिना नातामा भाउजु र नन्द हुन्।

आज दिउसो जानकी नगरस्थित मदरसाको पछाडिवाट दुवै महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनालाई प्रादेशीक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

शुक्रबार सीसीक्यामेरा फुटेजको आधारमा अनुसन्धान गरेर हुलिया अनुसार पक्राउ गरिएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएका र स्थानीयले भनेको हुलियाको आधारमा ती महिलाहरुको खोजी गरिएको थियो।

शुक्रवार दिउँसोको समयमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ५ महावीर चौकको सडकको विभिन्न ठाँउमा त्यो दुवै जना महिलाहरुले रुपैयाँ फालेर भागेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ