काठमाण्डौं महानगरद्धारा पनि र्यापीड टेष्ट शुरु

काठमाण्डौं महानगरद्धारा पनि र्यापीड टेष्ट शुरु

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बैशाख ६ काठमाण्डौं । काठमाडौँ महानगर पालिकाले पनि नगरवासीहरुको कोरोनाको र्यापीड टेष्ट शुरु गरेको छ ।
आज २३ नं वडाको बसन्तपुरमा परीक्षण शिविरको उपमेयर मेयर हरीप्रभा खड्गीले उद्घाटन गरिन् । मेयर विद्या सुन्दर शाक्य उपस्थित थिएनन् ।
काठमाण्डौंमा खास गरी पहिलो चरणमा विदेशबाट आउनेहरुको परीक्षण गरिने जनाईएको छ । अहिले कोरोनाको त्रास सबैमा बढेका बेला यो र्यापीड टेष्ट एक किसिमको सर्टिफिकेट जस्तो हुने र यसले महानगर र सबै जनतालाई भय र त्रासमुक्त बनाउने उपमेयर खड्गीले बताईन् ।
कोही कतै शंकास्पद देखिएमा तत्काल जानकारी दिन आग्रह गर्दै उनले दोस्रो स्वावको परीक्षणका लागि टेकु पठाउने बताईन् ।
शनिबार भएको सो सिविरमा उपप्रमुख खड्गी , वडा जनप्रतिनिधि सहित २ दर्जन भन्दा धेरैले संक्रमण परिक्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ