एजेन्सी बैशाख ६ । हाम्रो देशमा भएको भए शायद चारै तिर सुरक्षा र सवारीका नाममा , लस्कर लागेर पुष्पगुच्छा चढाउनेहरु पनि हुन्थे होला राजाकी बुुहारी वा राजकुमारी भने पछि ।
तर स्वीडेनमा राजकुमारी सोफिया विलकुल फरक छिन् । देशमा कोरोना प्रवेश गरे पछि सोफियाले तत्कालै अनलाईनबाट मेडिकल सहयोग सम्बन्धि तालिम लिईन र लगत्तै अहिले कोरोना संक्रमितको उपचार र उद्धारमा खटिएकी छिन् ।
उनी अहिले अस्पतालमा सहायकको रुपमा विरामीको सेवामा खटिएकी छन् । ३५ बर्षे सोफियाको राजकुमार कार्ल फिलिपसगँ केही बर्ष अघि बिहे भएको थियो ।
रोयल सेन्ट्रलका अनुसार सोफियाले डाक्टरहरुलाई नन मेडिकल सहायता गरीरहेकी छन् । स्टहोममा रहेको सोफियामेट अस्पतालमा उनी स्वयसेवीकाको रुपमा अहोरात्र खटिरहेकी छन् । त्यस अस्पतालमा उनी मानार्थ अध्यक्ष समेत रहेकी छन् ।
यसमा सोफीया सरसफाई, किचेनमा काम गर्ने देखि लिएर मेडिकल उपकरण सरसफाईमा सम्म लागेकी छन् । जसबाट डाक्टर,नर्स र अन्य स्वास्थ्यकर्मीको बोझ कम गर्न सकियोस् भनेर उनी सबै काममा खटिएकी छन् ।
त्यहाँ हरेक साता स्वास्थ्यकर्मीलाई सहयोग पुर्याउन ८० जनाका दरले सोफिया जस्तै स्वयंसेवकहरु तयार भईरहेका छन् । अनलाईनमा सोफीयाले पोष्ट गरेको तस्वीरमा उनी सामाजिक दुरी कायम गर्दै स्क्रब लगाएर उभिएकी छन् ।
उनका पति फिलिप राजा बन्ने रोलक्रमको चौथो नम्बरमा छन् । स्वीडेनमा कोरोना संक्रमितको संख्या १३ सय पुगेको छ ।