बैशाख ६ काठमाण्डौं । नेपालमा कोरोना संक्रमित दोस्रो व्यक्ति निको भएका छन् । २७ दिन टेकुमा उपचार पछि प्रशिद्धि श्रेष्ठ आज डिस्चार्ज भएर घर फर्किएकी हुन् ।
नेपालको दोस्रो कोराना संक्रमित काठमाडौँकी १९ वर्षीया प्रशिद्धि श्रेष्ठले कोरोनालाई जीतेर आज घर फर्कन सफल भएकी हुन् ।
फ्रान्सबाट चैत४ गते कतार हुँदै नेपाल आएकी ती युवतीका चैत १० गते संक्रमण भएको पुष्टि भएको थियो। उनलाई सोही दिनदेखि नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचारका लागि भर्ना गरिएको थियो।
टेकु अस्पतालबाट निको भएर डिस्चार्ज भएपछि श्रेष्ठले ‘पब्लिक साइडबाट सेल्फ आइसोलेसनमा बसे कोरोनाबाट सुरक्षित हुने आफ्नोे केसबाट प्रमाणित भएको बताइन् ।
उनले आफूले पाएको स्वास्थ्य सेवा अन्यत्रका विरामीलाई दिन सरकारसँग अनुरोध पनि गरिन् । काठमाडौं निवासी उनकाे लगातार चार पटकसम्म गरिएको परीक्षणमा नेगेटिभ आएपछि उपचारको २७ दिन पछि डिस्चार्ज भएकी हुन् ।
कतार एयरको विमानमा फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी श्रेष्ठलाई सँगै यात्रा गरेका भियतनामी नागरिकमा संक्रमण भएपछि गरिएको स्वास्थ्य परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
यस अघि चीनबाट आएक एक युवा पनि उपचार पछि निको भएर घर फर्किईसकेका छन् ।
यो सगैँ नेपालमा निको भएर घर फर्कनेको संख्या दुई पुगेको छ । जम्मा कोरोना संक्रमितके संख्या ३० जना पुगेको छ । दुबै जना टेकु स्थित शुक्रराज ट्रपिकल अस्पतालले निको पार्न सफल भएको हो ।