विराटनगर बैशाख ६ । उदयुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका १२ जनालाई बिराटनगरमा उपचार शुरु गरिएको छ । कोशी अञ्चल अस्पतालमा आईसोलेसनमा राखेर उनीहरुको उपचार शुरु भएको अस्पतालले जनाएको छ । संक्रमित मध्य ११ भारतीय र एकजना नेपाली रहेका छन् । उनीहरुलाई कोरोना काठमाण्डौको परीक्षणमा पुष्टी भए लगत्तै राति नै विराटनगर लगिएको थियो ।
प्रदेश १ सरकारले स्थापना गरेको उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर सुविधासहितको उपचार व्यवस्था गरिएको छ । उदयपुर त्रियुगा नगरपालिका ३ को भुल्केस्थित मस्जिदमा उनीहरुसँगै बसेका अरु चार जनालाई पनि राति नै विराटनगर ल्याइएको छ ।
कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार संक्रमित १२ जनालाई उक्त अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । संक्रमण पुष्टि नभएका अरु चारजनालाई भने मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा पठाइएको छ । अहिले संक्रमितहरुको अवस्था जटिल नभएकाले सामान्य रुपमै उपचार शुरु भएको छ ।
यसैबीच भुल्के स्थिति मस्जिदलाई सिल गरिएको छ । त्याहाँ ३३ सालदेखि ५० परिवार मुस्लिम समुदाय बस्दै आएका थिए । अहिले संक्रमितहरुको सम्पर्कमा को को थिए ? के के गरेका थिए भनेर खोजी भईरहेको गाईघाटबाट पत्रकार यमन दनुवारले बताएका छन् ।
ती भारतीयहरु भारतबाट सप्तरी हुदै उदयपुर आएर बसेको देखिएको छ । त्यस ठाँउबाट महिलाहरुले तरकारी उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका थिए ।