बैशाख ५ काठमाण्डौं । उदयपुरको मस्जिदमा बसेका ८ भारतीय नागरिक सगँै ४ जना नेपालीमा समेत कोरोना संक्रमण भएको पुष्टी भएको छ । उनीहरुको कोशी अञ्चल अस्पतालमा स्वाव परीक्षणमा कोरोना पुष्टी भएको छ । भने उनीहरुको थप स्वाब परीक्षणका लागि काठमाण्डौको टेकु लगिएको छ भने उनीहरुलाई बिराटनगर आईसोलेसनमा लाने तयारी भईरहेको उदयपुरबाट हाम्रा संवाददाताले जनाएका छन् । भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।
उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र थप परीक्षण गर्न टेकु पठाईएको छ ।

नेपालमा बीरगञ्ज, कैलाली , उदयपुर लगायत अधिकाश कोरोना संक्रमित भारतीय नागरिक वा भारतबाट आएकाहरुमा देखिएकाले थप जटिलता आउने खतरा बढ्दै गएको छ । सरकारले सीमिामा कडाई गर्दा गर्दे पनि संक्रमित वा मानिसहरु छिर्ने गरेकाले समस्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।
यसैगरी आजै चितवनमा लण्डनबाट फर्किएका २ जनामा कोरोना पुष्टी भएको छ ।
यो सगैँै नेपालमा सबै भन्दा धेरै एकै दिन १४ जनामा कोरोना संक्रमित थपिएका छन् । यस अघिको १६ गरी नेपालमा संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।