बैशाख ५ काठमाडौं । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बृद्धि भएको छ । यस अघि उदयपुरको मस्जीदमा रहेका एक दर्जन भारतीय नागरिकमा कोरोना देखिएको पुष्टी भएकै दिन चितवनमा बेलायतबाट फर्किएका आमा छोरानै कोरोना संक्रमित भएको आज पुष्टी भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा बेलायतबाट गत चैत ३ गते आएका आमाछोरामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यस बिषयमा औपचारीक रुपमा सरकारले बोल्न बाकीँ रहे पनि मन्त्रालय स्रोतले संक्रमण भएको जनाएको छ ।
बिहीबार राप्ति नगरपालिका ती ६३ वर्षीया आमा र २७ वर्षीया छोरामा आरडीटी गर्दा कोरोना पोजेटिभ देखिएको थियो भने चितवनमै पीसीआर टेस्ट गर्दा प्राविधिक समस्या देखिएपछि थप परीक्षणका लागि शुक्रबार बिहानै काठमाडौं पठाइएको थियो । काठमाडौंमा परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेभिट पाइएको हो ।