लकडाउन उल्लंघन गर्नेलाई बेलाटारी प्रहरीले धमाधम नियन्त्रणमा लिदै  

लकडाउन उल्लंघन गर्नेलाई बेलाटारी प्रहरीले धमाधम नियन्त्रणमा लिदै  

  • शुक्रबार, बैशाख ५, २०७७
  • रबिन्द्र यादव र नवलपरासी पश्चिम

  • 9.2K
    SHARES

नवलपरासी पश्चिमको इलाका प्रहरी कार्यालय बेलाटारीले लकडाउनको लागू भएको अवधि देखि अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार यो संख्या बिहीबार साँझ ५ बजेसम्मको हो ।

नियन्त्रणमा लिइएकाहरुलाई कोरोना भाइरसबारे प्रशिक्षण दिएर छाडिएको प्रहरी निरिक्षक खुमान्नद पाण्डेले जानकारी दिए ।

लकडाउनको अवज्ञा,  तस्करी गरेको लगायत विभिन्न आरोपमा करिब ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्यवाही अगाडि बढाएको जनाएको छ ।

त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुलाई सुरक्षा ब्यवस्थामा खलल् तथा प्रहरी संग अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको र लागु औषधमा ३ जना बिरुद्ध मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको पाण्डेले जानकारी दिए ।

यसैगरी १४ वटा दुई पाङ्ग्रे साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ साथै प्रहरीले लकडाउनको उल्लघंन नगर्न मैकिङ्ग समेत गर्दै आएको छ ।

सात किलो सुर्ती सहित नवलपरासीमा तेली पक्राउ 

यस्तै बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले भारतीय नम्बर प्लेट यु पी ५६ जे ८८७९ को मोटरसाइकलमा सुर्ती ल्याउदै गरेको अवस्थामा ३२ बर्षिय मन्टु गुप्ता ९तेली० लाई समातेर प्रहरीलाई बुझाएका छन । शुक्रबार पक्राउ परेका उनि संग ७ किलो सुर्ती बरामद भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । सरावल गाउँपालिका – ७ भुजहवाका ठेगाना बताउने तेलीले लकडाउनको मौका छोपी भारत बाट ल्याएको सुर्ती नेपालतर्फ बिक्री वितरणका लागी ल्याएको जिल्ला प्रहरीनवलपरासीका सुचना अधिकारी बिरेन्द्र थापाले बताए । अहिले उनिलाई नियन्त्रणमा लिइ थप अनुसंधान भइरहेको थापाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ