विश्व कोरोनाको कहरमा, मानिस ननिस्किएपछि सिंहहरु अफ्रिकाको सडकमा(फोटोसहित)

विश्व कोरोनाको कहरमा, मानिस ननिस्किएपछि सिंहहरु अफ्रिकाको सडकमा(फोटोसहित)

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

कोरोना भाइरस महामारीका कारण विश्व नै चपेटामा परिरहेको छ । सडकहरु खाली भएका छन् ।यसको फाइदा जंगली जिबजन्तु र वातावरणले उठाइरहका छन् । यस्तै दृश्य देखिएको छ, अफ्रिकाको एउटा वन्यजन्तु आरक्ष क्षेत्रमा । मानिस घरमै बस्न बाध्य भई गतिविधि शून्यझै हुँदा विश्वका सबैजसो सार्वजनिक स्थानमा मानवीय चहलपहल ठप्प छ ।
जंगली जनावरले मानिसको गतिविधि कम भएको थाहा पाउँछन् र आफूलाई निर्धक्क बनाउने गर्छन् । यस्तै गरेका छन् दक्षिण अफ्रिकाका सिंहहरुले ।

मानिसको चहलपहल रोकिएको थाहा पाएपछि दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरु बाटोमै आएर स्वच्छन्द ढंगले मूल सडकमै सुतेको तस्वीर सार्वजनिक भएको छ ।

लकडाउनका कारण मार्च २५ सम्मका लागि बन्द क्रुगर राष्ट्रिय निकुञ्जका रेन्जर रिचर्ड सावरीले बुधबार गस्तीका क्रममा यि तस्वीर कैद गर्न भ्याएका हुन् ।
अरु बेला पर्यटकले भरिभराउ हुने सडकमा सिंहहरु शानका साथ निर्धक्क सुतिरहेको देखेपछि झटपट आफ्नो मोबाइलबाट पाँच मिटरको मात्र दूरीबाट यी तस्वीर कैद गरेको उनले जनाएका छन् ।
त्यति नजिकबाट तस्वीर खिच्दा पनि सिंहले कुनै वास्ता नै नगरेको भन्दै आफूले खिचेका तस्वीर उनले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।

Picture: Section Ranger Richard Sowry, Kruger National Park @SANParksKNP

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी