लकडाउनका बेला पनि अदालतमा भीड, मोरङ अदालतमा एकै दिन ५० मुद्धा दर्ता

लकडाउनका बेला पनि अदालतमा भीड, मोरङ अदालतमा एकै दिन ५० मुद्धा दर्ता

  • बिहिबार, बैशाख ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

विराटनगर बैशाख ४ ÷ कोरोनाको सन्त्रासमा लकडाउन जारी रहेका बेला अदालतहरमा भने भीड भाड देखिन थालेको छ । मोरङ जिल्ला अदालतमा एकै दिन ५० वटा मुद्धा दर्ता भएको छ ।
लकडाउनमा बन्द भएको अदालत गत शुक्रबारदेखि सर्वोच्च अदालतको निर्णाय अनुसार खुलेपछि एकै दिन ५० अभियोग मोरङ अदालतमा दर्ता भएको अदालत स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङसहित मातहतका ७ वटा इलका प्रहरी कार्यालयले पक्राउ परेका प्रतिवादीको अनुसन्धान प्रतिवेदनसहितको कागजजात जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा बुझाएपछि २८ चैतमा अदालतमा मागदाबीसहितको अभियोग पत्र अदालतमा दर्ता भएको जिल्ला न्यायाधीवक्ता मनोज कुमार आचार्यले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता भएको अभियोग मध्ये सबैभन्दा बढी लागूऔषध सम्बन्धी मुद्दा रहेको छ । जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले दिएको जानकारी अनुसार लागूऔषध सम्बन्धी २२ थान अभियोग दर्ता भएको बताए । यस्तै सवारी ज्यान ७, चोरी ६, जबरजस्ती करणी ६, जवरजस्ती करणी उद्योग ३, कुटपिट २, हातहतियार १ थान मुद्दा अदातमा दर्ता भएको छ । यसैगरि ठगी १, कर्तब्य ज्यान १, अपराधिक लाप १ र बहुविवाह सम्बन्धी २ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा अभियोग दर्ता भएका सबै सरकारवादी फौजदारी मुद्दाहरू रहेका छन् । बुधबारसम्म जम्मा ५३ थान अभियोग मोरङ अदालतमा दर्ता भएको सूचना अधिकारी पौडेलले बताए ।
उनका अनुसार ३८ वटा मुद्दाका प्रतिवादीसँग अदालतको इजालशमा बयान भएको छ । बाँकी मुद्दाको प्रतिवादीहरूको बयान हुन बाँकी रहेको अदालतले जनाएको छ । प्रतिवादीको बयान सकिएपछि अदालतको इजालशमा पेशी चढने गरेको छ । बुधबारदेखि मोरङ अदालतको ८ वटा इजालशमा पेशी चढेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्य, साहयक जिल्ला न्यायधीवक्ताहरू उमेश अधिकारी, मुकुन्दकुमार रेग्मी र मनिषबावु पोखरेलले अदालतमा अभियोग पेश गरेका हुन् ।
लकडाउन भएसँगै गत चैत ११ देखि बन्द भएको अदालत चैत २८ गतेदेखि खुलेको थियो ।
अदालतमा प्रहरीले थुनुवाहरु लैजादा समेत गाडमिा कोचेर लाने गरेको र अदालत भित्र पनि सामाजिक दुरी लागू हुन कठिन भएको भन्दै केही वकिलहरुले यसले खतरा ल्याउन सक्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ