एजेन्सी बैशाख ४ । मानिस अलि बढी बाँच्न शारीरीक स्वस्थ्यताका साथै मानसिक सवलताको पनि निकै ठूलो महत्व हुन्छ । अहिले कोरोनाले धेरै वृद्ध वृद्धाहरुको ज्यान लिईरहेका बेला बेलायतकी एक एक सय ७ बर्षे महिला कोरोना संक्रमणबाट बिरामी परेकी थिईन् । तर उपचार पछि निको भएर घर फर्कन सफल भएकी छन् ।
कानी टिचेन नामकी ती महिलाको जन्म बर्मिघंममा सन् १९१३ मा भएको थियो ।
उनलाई ज्वरो आए पछि अस्पताल भर्ना गर्दा कोरोना देखिएको थियो । केही दिनको अस्पताल बसाई पछि ठीक भएर घर फर्कनु अघि उनलाई चिकित्सक र नर्सहरुले ताली बजाएर स्वागत गरेका थिए ।
त्यसबेला उनले भनिन् म निकै भाग्यमानी छु, मैले कोरोनालाई हराँउ अब घरमा गएर परिवारसगँ बस्न पाउने छु ।
उनका परिवारका सदस्यहरुको भनाई अनुसार उनी सय बर्ष नाघे पछि पनि निकै सक्रिय थिईन् । उनले बेलायतले लडेको दुबै विस्व युद्ध भोगेकी थिईन् ।
यस अघि इटालीमा एक सय ३ बर्षे र नेदरल्याण्डमा एक सय ७ बर्षकै महिलाले कोरोनालाई हराउदै घर फर्किएका थिए ।