बैशाख ३ चितवन । वैदेशिक रोजगारबाट फर्केर होम क्वारेन्टाइनमा रहेका चितवन रत्ननगरका एक व्यक्तिको र्यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । त्यस लगत्तै उनलाई आइसोलेसनमा राखिएको छ । उनको स्वाब परीक्षणका लागि भरतपुर पठाइएको छ ।
ती व्यक्ति कोरीयाबाट फर्किएका थिए । हामीले स्वाब निकालेर पीसीआरबाट पनि थप पुष्टि गर्दैछौं। त्यसैले अहिल्यै थप कुरा केही भन्न सकिने अवस्था रहेन,’ तिवारीले भने।
चितवनमा होम क्वारेन्टाइनमा बसेका साढे ६ सय जना रहेका छन्। तीमध्ये होम क्वारेन्टाइनमा बसेको १७ दिन पार गरेकाहरुको आरडीटी सुरु भएको छ।
यसै गरी पोखराकी ५५ वर्षीया महिलाको र्यापिड डायग्नोस्टिक टेस्ट किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । ती महिला दुबईबाट आएकी थिईन् ।
दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो। पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो।
दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
उता र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएका गोरखा आरुघाटका युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।
आरुघाटा–५ का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको जनाईएको छ ।