सिल गरिएको क्षेत्रमा अबिलम्ब खाद्यान्न आपुर्ती र रेपिड टेस्ट गर्न सांसद यादवको माग

सिल गरिएको क्षेत्रमा अबिलम्ब खाद्यान्न आपुर्ती र रेपिड टेस्ट गर्न सांसद यादवको माग

  • बुधबार, बैशाख ३, २०७७
  • राहुल गुप्ता

  • 10.4K
    SHARES

बिरगंज बैशाख ०३/ पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादवले जीवन रक्षाका लागि खाद्यान्न आपुर्ती र रेपिड टेस्टको मांग गरेका छन् ।

बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै सांसद यादवले वीरगन्जको छप्कैयास्थित मस्जिदसंगै रहेको यतिमखानामा बसेका ३ जना भारतीय मुस्लिम धर्मप्रचारकहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि  मानिसहरुमा भए ब्याप्त छ भने प्रहरी र प्रशासनले आवश्यक कडाई अख्तियार गरेको अवस्था छ र छप्कैया क्षेत्र यतिखेर सिल गरिएको छ ।

त्यहाँ आवतजावत बन्द छ र आवश्यक बस्तुको पसलहरु बन्द भएकाले सवधानीको दृष्टीकोणले प्रसाशनको यो कदम आवश्यक पनि रहेको तर, यसबाट केही मानवीय संकटहरु समेत सिर्जना भएको भन्दै सासद यादवले सम्बन्धीत सबैको ध्यानाकर्षण गराएका छन् ।

बिज्ञप्तिमा सांसद यादवले उक्त क्षेत्र सिल भएपछि अत्यावश्यक बस्तुको अभाव त्यहाँ सिर्जना भई हजारौं मानिसहरु भोकमरीको मुखमा पुगेका छन् , इन्धन, खाद्यान्न र जीवन धान्ने अन्य अत्यावश्यक बस्तुको अभावले मानिसहरुको जीवन गम्भीर रुपमा कठिन भएको बताउदै संबन्धि क्षेत्र सिल गरेपछि त्यहाँ अत्यावश्यक बस्तुको आपुर्ती सरकारी स्तरबाट गरिने गरेको उद्हारण छिमेकी मित्र राष्ट्र भारत र अन्य मुलुकहरुमा अहिले देखिएको जस्तै प्रबन्ध अबिलम्ब मिलाई मानिसहरुलाई उनीहरुको जीवन रक्षाका लागि अत्यावश्यक बस्तुको आपुर्तीको यथासिघ्र ब्यवस्था मिलाउन मँ गृह मन्त्रालयसंग माग गरेका छन् ।
सांसद यादवले सो छपकैया क्षेत्र सिल भएको एरियामा हजारौं जनता भोकले आजित भएका भोकै पेटले बिद्रोह निम्त्याउछ भने स्थापित सत्य रहेको बताउदै अहिलेकै अवस्था कायम रहे यहाँ मानिसहरुले संक्रमण नियन्त्रणको लागि दिदै आएको सहयोगको निरन्तर कठिन हुने भनि प्रतिक्रिया प्राप्त भएको भएको जानाकरी गराउदै सिल गरिएको क्षेत्रमा घरघरमा ‘रेपिड टेस्ट’ गरेर अवस्थालाई सहज र जोखिम न्युनीकणर गर्न र सो कारण त्यतातिर पनि अबिलम्ब कदम बढाउन माग गरेका छन् ।  विज्ञप्ती ः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ