सुर्खेत वीरेन्द्रनगर सुर्खेतको खुला मञ्चको क्वारेन्टाइनमा रहेका ५ जनाको नमुना थ्रोट स्वापको नमुना पनि नेगेटिभ देखिए पछि उनिहरुलाई घर पठाईएको छ ।
उनिहरु घर गए सँगै वीरेन्द्रनगर खुलामञ्चको क्वारेन्टाईन खालि भएको हो । क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले मंगलबार काठमाडौंबाट स्वाब परीक्षणको रिपोर्ट आएको बताए ।
उनीहरुमा कोरोना नदेखिएपछि दैलेख घर भएका पाँचै जनालाई घर पठाईएको उनले बताए । सेनाको व्यवस्थापनमा कर्णाली प्रदेश सरकारले बनाएको ४ सय जना क्षमताको क्वारेन्टाइन अब खाली भएको छ ।
भारतबाट घर फर्किने क्रममा रहेका दैलेख, कालीकोट, अछाम, सुर्खेत, जाजरकोट र जुम्लाका १ सय ८८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline