युवा संघ नवलपरासीले दियो सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पिपिई

युवा संघ नवलपरासीले दियो सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पिपिई

  • बुधबार, बैशाख ३, २०७७
  • रविन्द्र यादव

  • 8.7K
    SHARES

नवलपरासी पश्चिम , ३ बैशाख ।

सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई ध्यानमा राखी राष्ट्रिय युवा संघ जिल्ला कमेटी नवलपरासीले ति सुरक्षाकर्मीहरुलाई पिपिई उपलब्ध गराएको छ । नेपाल–भारत सिमामा कडा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु क्रोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि संघले ४१ थान प्रसनल प्रोटेक्टिभ ईक्वीपमेन्ट ९पिपिई० उपलब्ध गराएको हो ।

भारतमा क्रोना संक्रमण तिब्र रुपले फैलिरहेको बेला नवलपरासी खुल्ला सिमाना भएका कारण यो जिल्ला पनि उच्च जोखिममा छ । देशमा लकडाउन र सिमा बन्द भएपनि भारतबाट लुकिछिपी नेपाली छिर्न खोज्ने व्यक्तिहरुलाई पक्राउ गर्न र यस्तो लकडाउनका बेला सिमा क्षेत्रमा क्रोना संक्रमणका लक्षण देखिने व्यक्तिहरुको शिर्घ उद्दारका तिनै प्रहरी खटिनु पर्ने भएकाले ति सुरक्षाकर्मीहरु उच्च पनि जोखिममा रहेको भन्दै संघले उक्त पिपिई उपलब्ध गराएको संघका जिल्ला अध्यक्ष युवराज डुम्रेले जानकारी दिएका छन् ।

जिल्ला कमेटीले औषधी व्यवसायी महासंघबाट खरिद गरिएको गुणस्तरिय उक्त ४१ थान पिपिई जिल्ला प्रशासन कार्यालयलाई हस्तान्त्रण गर्दै सिमा खटिएका सुरक्षाकर्मीहरुलाई उपलब्ध गराउन आग्रह गरेको हो । त्यसैगरि सिमामा कडाई गर्न नेपाल तथा शसस्त्र प्रहरीहरु संयुक्त रुपमा खटिरहेका छन् । अस्थायी पोष्ट बनाएर रातदिन सिमामा निगरानी गरिहेको सुरक्षाकर्मीहरु रातीको समयमा अन्ध्यारोले समस्या भैरहेका बेला मनोबल उच्च पार्न युथ अफ सुस्ताले सुस्ता गाउँपालिकामा पर्ने ति अस्थायी पोष्टहरुमा बिजुली बत्ति समेत बालेर सहयोग गरिदिएको छ ।

त्यसैगरि पिपिई अभावकै बेलामा अस्पतालहरुमा उपचार सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई उपलब्ध गराउने उद्देश्यले रामग्राम नगरपालिका १० नदुवामा रहेको लुम्बिनी पेपर बोर्ड मिल प्रा।लिले पनि जिल्ला प्रशासन कार्यालयलाई १० थान पिपिई हस्तान्त्रण गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ