धुलिखेल, धादिगंवेशी बैशाख २ । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने संकेत देखा परीरहेका बेला आज काभ्रेमा दुई जना र धादिगंमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । यद्यपि, यो र्यापिड टेष्ट किटबाट गरिएको र पिसिआर हुन बाकीँ रहेकाले संक्रमणको घोषणा भने हुन बाकीँ छ ।
ती तीनै जना वैदेशिक रोजगारीबाट फर्किएका युवा हुन् । वैदेशिक रोजगारीबाट फर्केका दुई युवामा काभ्रेर्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
स्वाबको नमुना संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । बेथानचोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
चैत्र १ गतेदेखि विभिन्न मितिमा स्वदेश फर्किएका जिल्लाका २ सय ५१ गतको द्रूत परीक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
फागुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको थियो।
काठमाडौंको सनसिटी अपार्टमेन्टबाट धुलिखेल आएका एक व्यक्तिमा गरिएर्को यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ । यो अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो ।
यसै गरी धादिङको ज्वालामुखी गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्यापिड टेष्टमा एक जना २४ बर्षका युवामा कोरोना पोजेटिभ देखिएको छ । दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका ज्वालामुखी–३, अमराई निवासी ती युवाको ज्वालामुखी गाउँपालिका अन्तरगत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा कोरोना देखिएको हो । कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए ।
उनलाई जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वावलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।
उनले टेकु अस्पतालले परीक्षणपश्चात पुष्टि गरेमा ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने जनाए । कोरियाबाट फर्केर उनी होम क्वारेन्टाइनमै बस्दै आएका थिए ।
र्
यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरे ।
यता, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि भइरहेको र थप रिपोर्ट आएपछि उनीको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने बताए ।
फागुन २० मै नेपाल आएका उनलाई चैत २÷३ गते नै ज्वरो आएको बताइएको छ । उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए। तर आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर उनी पन्छिएको बताइएको छ ।
र्यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ ।