काेरियाबाट फर्किएको ४२ औं दिनपछि र्यापिड टेष्टमा धादिङका एक युवामा कोरोना पोजेटिभ

काेरियाबाट फर्किएको ४२ औं दिनपछि र्यापिड टेष्टमा धादिङका एक युवामा कोरोना पोजेटिभ

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

धादिङ, २ बैशाख ।

धादिङको ज्वालामुखी गाउँपालिकास्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्यापिड टेष्टमा एक जना २४ बर्षका युवामा कोरोना पोजेटिभ देखिएको छ । दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका ज्वालामुखी–३, अमराई निवासी ती युवाको ज्वालामुखी गाउँपालिका अन्तरगत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा कोरोना देखिएको हो । कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताउनु भयो ।

उनलाई जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वावलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो ।

उहाँले टेकु अस्पतालले परीक्षणपश्चात पुष्टि गरेमा ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने बताउनुभयो । कोरियाबाट फर्केर उनी होम क्वारेन्टाइनमै बस्दै आएका थिए ।
र्यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गर्नुभयो ।

यता, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि भइरहेको र थप रिपोर्ट आएपछि उनीको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने बताउनु भयो ।

फागुन २० मै नेपाल आएका उनलाई चैत २÷३ गते नै ज्वरो आएको बताइएको छ। उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए। तर आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर उनी पन्छिएको बताइएको छ ।

स्थानीयको गुनासोपछि त्यतिबेलै स्थानीय स्वास्थ्य संयोजक सुजन श्रेष्ठलाई लिएर घरमै गएका वडाअध्यक्ष रुद्रमान श्रेष्ठपनि परिक्षण गर्ने कुनै साधन नभएकोले त्यसै फर्किएका थिए ।

र्यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ