२ जनामा संक्रमण पुस्टि भएपछि सनसिटी अपार्टमेन्टमा बस्नेहरुको स्वास्थ्य परीक्षण सुरु

२ जनामा संक्रमण पुस्टि भएपछि सनसिटी अपार्टमेन्टमा बस्नेहरुको स्वास्थ्य परीक्षण सुरु

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

वैशाख २, काठमाडौँ । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहा बसेका सबैको आजबाट स्वास्थ्य परीक्षण सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार फेसबुक पेजमार्फत सनसिटि अपार्टमेन्टमा बस्दै आएका दुई कोरोेना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको तथ्य संकलन गरिरहेको जनाएको हो।

लण्डनबाट चैत ४ गते आएका एकै परिवारका ३ जनामा कोभिड १९ को आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। त्यसैगरी पीसीआर विधिबाट पनि परीक्षण गर्दा ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो। बाँकी एक जनाको भने पुनः पीसीआर परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
अपार्टमेन्टमा बस्ने २ जनामा पीसीआर परीक्षणबाटै कोरोना पुष्टि भएपछि उक्त अपार्टमेन्ट अहिले सिल गरिएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा ३ जना रिपोर्ट पोजिटिभ आएको हो।
पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ