संक्रमित भेटिएको क्वारेन्टाइनबाट स्वाब परीक्षण नगरी ११ जना छाडिएको खुलासा, आज क्वारेन्टाइनमा बाेलाईयो 

संक्रमित भेटिएको क्वारेन्टाइनबाट स्वाब परीक्षण नगरी ११ जना छाडिएको खुलासा, आज क्वारेन्टाइनमा बाेलाईयो 

  • मङ्लबार, बैशाख २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

वैशाख २, रौतहट । कोरोना संक्रमणको पुष्टि भएका युवा रहेको रौतहटको ईशनाथ नगरपालिकाको औरैयास्थित जनता मावि क्वारेन्टाइनबाट स्वाब परीक्षण नै नगरी ११ जनालाई घर पठाइएको खुलासा भएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि गरेको १९ वर्षीय युवक बसेकै क्वारेन्टाइनबाट चैत २७ गते ११ जनालाई बिनापरीक्षण छाडिएको थियो। उनीहरु सबैलार्इ र्यापिड टेस्टिङ किटबाट परीक्षणका लागि आज मंगलबार क्वारेन्टाइन बोलाइएको छ।
कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले आह्वान गरेको लकडाउनकै क्रममा भारतका विभिन्न सहरबाट घर फर्केका ईशनाथ ३ का ११ जनालाई क्वारेन्टाइनमा राखिएको थियो।
तर उनीहरुलाई १५ दिन सम्म क्वारेन्टाईनमा राखेपछि कुनै लक्षण नदेखिएको भन्दै कोरोना परिक्षण नगरि घर पठाईएको थियो । नगरपालिकाका स्वास्थ्य संयोजक ईशराजलु खानले चैत १२ गते देखि क्वारेन्टाइनमा बसेका उनीहरुमा १५ दिनसम्म कुनै किसिमको लक्षण नदेखिएपछि घर पठाइएको बताउनुभयो ।
सो मयमा टेस्ट गर्न जनकपुरबाट चिकित्स पनि नआएको र कुनै साधन समेत नरहेकाले दुई सातासम्म कुनै लक्षण नदेखिएपछि घर पठाएका उहाँको भनाई छ
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जनकपुरबाट स्वाब परीक्षणका लागि लैजाने चिकित्सकको टोली समयमा नआएको र चैत २८ गते मात्र आएकाले अघिल्लो दिन नै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई सोधेर ११ जनालाई घर पठाइएको जानकारी दिनुभयो ।
प्रजिअ घिमिरले क्वारेन्टाइनको प्रोटोकल(मापदण्ड) पूरा गरेको तर साधनको अभावले टेस्ट गर्न नसकेको बताउनु भयो ।उनीहरुलाई बोलाएर आज क्वारेन्टाइनमा बाेलाइएकाे र अब परिक्षण गरिनेछ ।
क्वारेन्टाइनमा अहिले ३० जना छन्। उनीहरुमध्ये २५ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
कोरोना संक्रमण देखिएका ईशनाथ ८ का १९ युवक भारतबाट पैदल आएर नेपाल भारत सीमाक्षेत्रको चोरबाटोबाट हुँदै चैत १६ गते घर पुगेका थिए। कोभिड–१९ को सम्भावित संक्रमण रोक्न भारत सरकारले तीन सातासम्म आह्वान गरेको ‘लकडाउन’ का कारण सवारी साधन बन्द भएपछि उनीहरु दिल्लीबाट चैत १५ गते औषधि बोकेको ट्रक चढेर बिहारको मोतिहारी आइपुगेका थिए। त्यहाँबाट नेपाल आउन सवारी नपाएपछि पैदल हिँडेर ईशनाथस्थित चैनपुर नाकाबाट चोरबाटो हुँदै नेपाल छिरेको प्रहरीले बताएको छ।
संक्रमित युवकलाई आइतबार राति नै वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ