महामारीको सन्त्रास र अबको बाटो

महामारीको सन्त्रास र अबको बाटो

  • मङ्लबार, बैशाख २, २०७७
  • -विकल्प

  • 12.2K
    SHARES

विश्व इतिहास लाई निहाल्दा अनुसन्धान कर्ताहरु को दाबीअनुसार संसारमा पाँच हजार वर्षदेखि विभिन्न समयमा महामारी चलिआएको छ ई.स.५४१/४२ को जस्टिनियन का प्लेग होस या १३३१/५३ सम्मको व्ल्याग डेथ प्लेग होस,१५४५/४८ सम्मको चाकलेरिजलि महामारी होस या १९१८/२० सम्मको स्पेनिस फ्लु होस या १९६० देखि हाल सम्मको यचअाईभि एड्स होस वा केही वर्ष अगाडि ५ लाख ७६ हजार, मानिसको ज्यान लिने गरि फैलियको स्वाइन फ्लु होस यी सवैले कहिले हजारौ त कहिले लाखौं मानिसको ज्यान लियो त कुनैले करोडौंसम्मको ज्यान लियो । संक्रमणकाे स्राेतहरु बाँदर, सुँगुर, कुखुरा, चिम्पान्जी मुख्य देखिय संक्रमण सर्ने माध्यम स्वाशप्रश्वासबाटै भएको पाइयो भने थोरै मात्र अन्य कारण छन् । अहिले चलिरहेको कोरोनाभाइरसको महामारी पनि स्वाशप्रश्वासकै माध्यमबाट फैलिरहेको छ र यो पनि एक माथि उल्लेखित भाइरस मध्येको एक हो, जसको वर्तमान अवस्था सारमा तल प्रस्तुत छ।

विश्व परिस्थिति
डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट सुरु भएको कोभिड–१९ (कोरोना भाइरस संक्रमण) महामारीले अप्रिल १२ अर्थात आईतवार सम्म आइपुग्दा विश्वका दुई सय १३ मुलुकलाई चपेटामा पारेको छ। कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या आज सम्म एक लाख १४ हजार पुगेको छ। नेपालसहित दुई सय १३ मुलुकका झन्डै १८ लाख मानिस यसबाट संक्रमित छन्। विभिन्न मुलुकमा संक्रमित मध्ये चार लाखभन्दा बढी निको भएका छन्। दक्षिण कोरियामा भने निको भएकामा पनि पुनः संक्रमण देखिएको छ। विभिन्न स्रोतबाट प्राप्त तथ्यांक अनुसार संक्रमित मध्ये १२ लाख २३ हजारभन्दा बढी अर्थात् ९६ प्रतिशत सामान्य अवस्थामा छन्। संक्रमितको चार प्रतिशत अर्थात् ५० हजार पाँच सयभन्दा बढीको अवस्था गम्भीर छ, WHO को तत्थ्याङक अनुसार – अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ,अमेरिकामा पाँच लाख ३३ हजार ३६१ जना संक्रमित छन् भने २० हजार ५९३ जनाको मृत्यु भएको छ। अमेरिकामा सक्रमतिमध्ये ३० हजार ५२३ जना निको भएका छन्। संक्रमितमध्ये ११ हजार ४७१ जनाको अवस्था गम्भीर छ।

-स्पेनमा कोरोना संक्रमणबाट १७ हजारजनाको मृत्यु भएको छ भने इटालीमा एक लाख ५२ हजार २७१ जना संक्रमित भएकोमा १९ हजार ४६८ को मृत्यु भएको छ,अर्को युरोपेली मुलुक फ्रान्समा एक लाख २९ हजार ६५४ जना संक्रमित भएकोमा १३ हजार ८३२ मृत्युको मुखमा पुगेका छन त्येस्तै जर्मनीमा एक लाख २५ हजार ४५२ जनामा कोरोना भाइरस संक्रमण भएको छ। जसमध्ये दुई हजार ८७१ जनाको मृत्यु भएको छ,कोरोना भाइरस उदगममुलुक चीनमा ८२ हजार ५२ जना संक्रमित भएकोमा तीन हजार ३३९ जनाको मृत्यु भएको छ भने बेलायतमा ७८ हजार नौ सय ९१ जनामा कोरोना संक्रमण भएको छ। संक्रमितमध्ये नौ हजार ८७५ जनाको मृत्यु भैसकेको छ भने एक हजार ५५९ जनाको अवस्था गम्भीर छ त्येयस्तै इरानमा ७० हजार २९ जना संक्रमित भएकोमा चार हजार ३५७ जनाको मृत्यु भएको छ अन्य मुलुक टर्की, बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, क्यानडा, ब्राजिल पोर्चुगल, रुस, अष्ट्रिया, इजरायल, दक्षिण कोरिया स्विडेन, आयरल्यान्ड, भारत, इक्वेडर, चिली, पेरु, जापान, नर्वे, पोल्यान्ड, अष्ट्रेलिया, रोमानिया, डेनमार्क लगायत मुलुकमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ। भारतमा आठ हजार ५०४ जना संक्रमित भएका मध्ये २८९ जनाको मत्यु भैसकेको छ।
विश्वकै लागि ठूलो चुनौतिको बिषय बनेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको एक महिना पुरा भयो,यता नेपालमा पनि कोरोनाको फैलावट भनौ या महामारि चीनबाट नेपाल आएका एक नेपाली युवामा संक्रमण माघको ९ गने पहिलोपटक प्रमाणित भएको थियो जसले गर्दा हाल सम्म नेपालमा पनि तीन भारतीय सहित १२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अन्य उपचारका क्रममा छन्।

काेराेनाकाे बिरूद्व कम्युनिस्ट सरकारको पहल के छ ?
मानव जातिको अस्तित्वलाई नै सङ्कटमा पार्ने गरी विश्व भरि फैलियको कोरोना भाइरस (कोभिड–१९) को रोकथामको वाहनामा दुई तिहाइ को कमाउनिस्ट सरकारले सिंगो देश लाई नै अप्ठ्यारोमा पारेको छ । प्रयाप्त मात्रामा आवश्यक तयारी नगरि नै यसो गरियको छ ,वास्तवमा यो नेपाली समाजमा सान्दर्भिक भने हैन राष्ट्रिय योजना आयोगका अनुसार हाल नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) १८.७ प्रतिशत रहेको छ । बहुआयामिक गरिबीमा रहेको जनसंख्या २८.६ प्रतिशत रहेको छ । नेपाल श्रमशक्ति सर्वेक्षण २०१७ अनुसार समग्र बेरोजगारीदर ११.४ प्रतिशत रहेको छ । रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ३६.५ प्रतिशत मात्रै रहेको छ । अर्थात् कुल जनसंख्याको ६३.५ प्रतिशत मानिस अनौपचारिक क्षेत्रमा रोजगाररत छन् । आधारभूत सामाजिक सुरक्षामा आबद्ध जनसंख्या १७ प्रतिशत रहेको छ । अझै ८३ प्रतिशत जनसंख्या आधारभूत सामाजिक सुरक्षामा आबद्ध छैन । आधारभूत खाद्य सुरक्षाको स्थितिमा रहेका परिवारको दर ४८.२ प्रतिशत रहेको छ , उक्त ६३% मानिसहरुलाई यो सरकारले कोरोनाले हैन भोकमरिले मार्ने सम्भावना बढिदेखिन्छ। भ्रष्टाचार को चरम विन्दुमा उक्लिन राहतको वाहानामा मेडिसिनको टेन्डर प्रकृयामै केन्द्र सरकार अल्झिरहेको छ, कहिले माफिया लाई त कहिले नेपाली सेना लाई सामाग्री खरिद को जिम्मा दिने चलखेल मा छ ,स्थानीय सरकार केवल केन्द्रको मुख ताकि स्यालको कहानी मा कुरि वसिराछ,यो नेपाल सरकार तथा थानिय सरकारले नेपाली श्रमजीवीहरूका लागि कुनै पनि ठोस किसिमका राहतका कार्यक्रम ल्याएको छैन तर अन्य मुलुकले भने आर्थिक अवस्था कमजोर भएका नागरिक र मारमा परेका कम्पनीलाई प्रत्यक्ष राहत पुग्ने गरी २२ खर्ब अमेरिकी डलरको राहत प्याकेज अमेरिका ले ल्याएको छ,बेलायत,हङकङ ,अस्ट्रेलिया ,भारत र युरोपेलिसंघ पनि रोजषार गुमायका तथा चपेटामा परेका आ-आफ्ना नागरिक लाई यो अबधि भर पुग्ने गरि राहतका लागि कोष खडा गरिसकेकोछ तर यता भने कोरोना सङ्क्रमण फैलिँदा पनि सरकारी स्तरबाट पहल नलिइएको प्रयाप्त श्रोत साधन उपलव्ध नगराइएको र सरकारमा सामेल मान्छेहरू उल्टै भ्रष्टाचारमा रमाएको देखिन्छ।

 नेपाल कम्युनिस्ट पार्टीकाे भुमिका  
तसर्थ यी सवै कुरालाई नजरअन्दाज गर्दा के सावित हुन्छ भने अब देश दलदलमा भासिदैछ,कांग्रेस ,सरकारवादी कम्युनिस्ट लगायत कम्युनिस्ट को खोल ओडेका गैर कम्युनिस्टहरुवाट अब देश रहला ,वन्ला भन्न सकिदैन। निस्वार्थ भावनाले देश र जनताको पुर्ण मुक्ति का खातिर ज्यु ज्यानको रक्षा र स्वाधीनता का निम्ति लागि परेका सम्पुर्ण परिवर्तनकारी राष्ट्र प्रेमि हरुलााई भने यो विश्व दलदलमा फस्ने गरि अार्थिक संकट निम्त्याउने माहामारि कोरोना भाईरस का विरुद्ध नेपाली जनतालाई पुर्ण मुक्ति दिलााउन तथा यी कोरोना भन्दा पनि भयानक भाईरस नेपाली संसदवादी दलाल भ्रस्टाचारि लाई ठेगान लगाउन भने सकस पर्ने देखिन्छ। तर राष्ट्रवादि परिवर्तनकारी हरुका लागि यो नौलो र असहज भने हैन। ७ साल देखि ६२/६३ सम्म अाउदा पनि हरेक घटनाले के छर्लङ्ग बनाउदछ भने इतिहासको निर्माता जनता हुन, यदि जनता हरेक असहजता लाई सहजतामा रुपान्तरण गर्ने आट पैदा गर्दछन भने,आमुल परिवर्तन तथा पुर्ण मुक्ति र स्वाधीनता को अाकांक्षा राख्दछन भने,आफुमाथि भएको उत्पिडन विरुद्ध उभिने साहस राख्दछन भने,साम्राज्यवादी दलाल नोकरसाहि पुजिवादि ले गरेको थिचोमिचो को विरुद्ध एकढिक्का भएर उभिने साहस राख्दछन भने, कुनै पनि सक्तिसालि भनियका साम्राज्यवाद का सासक हरुलाई सम्पुर्ण राष्ट्रवादि देशभक्त हरु एकजुट भएर लागेभने साम्राज्य को घोडावाट सदाको लागि पछार्न सक्छन र ईतिहासमा कसैले नसकेको नसोचेको र नचाहेको वादशाहलाई सदाको लागि बिधा गरिदिन्छन ,धुलोमा मिलाई दिन्छन,भुईमा पछारिदिन्छन माटो चटाइदिन्छन।ठिक यो वन्दै छ जताततै जनतामा निरासा पैदा भएको छ भए श्रिजना भएको छ डर पैदा भएको छ, अब एकीकृत भएर जाग्ने वेला अाएकोछ क्रान्ति तपाई हामि सवैको दैलो दैलोमा अाई पुगेको छ विजयको दिन नजिकिदै छन ,एकीकृत भएर अघि बड्ने दिन अाईसक्यो एकीकृत जनक्रान्ति को माध्यमबाट वैज्ञानिक समाजवादि राज्य व्यवस्था स्थापना गर्ने दिन नजिकिदै छन ।अाउनुहोस अब ढिलो नगरौ विजयको विकुल फुकौ साम्राज्यवादी दलाल नोकरसाहि पुजिवादिहरुको अन्तय गरौ वैज्ञानिक समाजवादि व्यवस्था को सुरुवात गरौ र यो सम्भव छ समाजवादी फुल अवस्य फुल्नेछ ।

विकल्प
केन्द्रीय सदस्य राष्ट्रिय उद्योग वाणिज्य महासंघ नेपाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी