काठमाडौँ बैशाख १ । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारका तीन जनामा कोरोनाको लक्षाण देखिएकाे छ । र्रयापीड टेस्टमा पाेजेटिभ देखिए पछि अहिले उनीहरूलाइ पाटन अस्पतालमा लगिएकाे छ ।
आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ।
उक्त परिवारका आमा, छोरा र बुहारी चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्नाएको छ।
र्यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै बताइसकेका छन् । उनीहरुको स्वाव परिक्षण पछि मात्रै एकीन हुने जनाईएको छ । टेष्ट किटको सत प्रतिशत भर पर्न नसकिने बताईदै आएको छ । हिजो बाग्लुगंमा कोरोना पोजेटिभ देखिएकी एक महिलाको स्वाव परीक्षण गर्दा आज नेगेटिभ देखिएको थियो ।