सुस्तामा तस्करी मौलाए पछि युवा क्लबको निगरानी , ठुलो मात्रामा समाग्री पक्राउ गरि प्रहरीलाई बुझाइयो

सुस्तामा तस्करी मौलाए पछि युवा क्लबको निगरानी , ठुलो मात्रामा समाग्री पक्राउ गरि प्रहरीलाई बुझाइयो

  • सोमवार, बैशाख १, २०७७
  • रबिन्द्र यादव

  • 15.1K
    SHARES

नवलपरासी पश्चिम, १ वैशाख ।

नवलपरासी पश्चिम सुस्ता गाउँपालिकाको पक्लिहवा यति खेर तस्करहरुको तस्करी हब बन्न थालेको छ ।

बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट हुने उच्च जोखिम न्यूनीकरण गर्नका लागि देशले जारी गरेको लकडाउनको मौका छोपी रातीको समयमा सिमा क्षेत्र बसेका भारतीय र नेपाली तस्करहरुले सुस्ता ५ पक्लिहवालाई यतिखेर तस्करी मुल हब बनाएर प्रयोग गर्दैछ ।

सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेपनि सुरक्षाकर्मीहरुको आँखा छलेर रातीको समयमा गएराति भारतको तेलफाल जङ्गल र नारायणी नदिको बाटो प्रयोग गरि अवैधरुपमा ल्याउदै गर्दा सुस्ता ५ पक्लिहवाको सकरदिन्ही स्थित नदि पारी सुस्ता र पक्लिहवा जोड्ने झुलुङ्गेपुल निर्माण भइरहेको स्थलबाट भारी मात्रामा चिनी,मल खाद,मदिरा,एक भारतीय नागरिक र भारतीय नम्बरको मोटरसाइकललाई श्री शिव शक्ति युवा क्लब सकरदिन्हीका टिमले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलाटारी र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनिलाई संयुक्तरूपमा बुझाएको छ ।

क्लबले नियन्त्रणमा लिएका अवैधरूपका भारतीय सामग्री ८ बोरा करिब ८ क्युवन्टल चिनी,१ बोरा युरिया मल र १ सय पोका मदिरा सहित भारतको महाराजगन्ज जिल्ला गेडहवा बस्ने जवाहिर बिन र उनले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बेलाटारीलाई गएराती १ बजेको समयमा बुझाएको क्लबका अध्यक्ष टेक बहादुर मगरले बताएका छ्न ।

क्लबले नियन्त्रणमा लिएर बुझाएको सामग्री भन्सारलाई बुझाउने र पक्राउ परेका भारतीय नागरिक बिनसंग थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिएका छ्न ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ