राहतका नाममा जुम्लामा म्याद नाघेको नुन वितरण गरिएको भन्दै नेकपाकाे आपत्ति

राहतका नाममा जुम्लामा म्याद नाघेको नुन वितरण गरिएको भन्दै नेकपाकाे आपत्ति

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, ३० चैत ।  कोरोना भाइरस सङ्क्रमणविरुद्ध राहत वितरणका नाममा मिति नाघेको नुन वितरण गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी जुम्लाले आपत्ति प्रकट गरेको छ ।

जिल्ला इन्चार्ज विश्वास र सेक्रेटरी रक्षकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा कोरोनाविरुद्ध एक भएर लड्न र नयाँ वर्ष २०७७ लाई प्रतिरोध सङ्घर्षका रुपमा मनाउन पनि जिल्लाबासीलाई आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विश्व मानव जाति नोबेल कोरोना भाइरस (covid-19) ले संत्रस्त बनाएको छ । विश्वका २१० वटा देशमा कोरोना सङ्क्रमण फैलिइसकेको छ । विश्व नै कोरोनाले सङ्कटग्रस्त भएको अवस्थामा नेपाल यसको उच्च जोखिममा छ । नेपालमा पनि केही व्यक्तिलाई सङ्क्रमण भइसकेपछि विश्व स्वास्थ्य सङ्गठन (WHO) ले हाम्रो देशलाई विश्वका अतिग्रसित देशसरह उच्च जोखिमयुक्त देश घोषणा गरेको छ । यो समय भनेको हामी नेपालीका लागि सङ्कटपुर्ण घडी हो । यो बेला नेपाली जनता, नेपालका राजनीतिक दल, बौद्धिक व्यक्तित्व, राष्ट्र सेवाका कर्मचारी, सरकारी तथा गैरसरकारी निकाय, सरकार, सुरक्षा निकाय कोरोना भाइरसका विरुद्ध एक भएर लड्नुको विकल्प छैन । यो प्राकृतिक विपत्को घडीसँग लड्नु र विजय हासिल गर्नु हाम्रो साझा दायित्व हो ।’

साथै नेकपाले जनतालाई राहत वितरण र स्वास्थ्य उपचारका नाममा मनोगत र एकाग्रह तरिकाद्वारा स्थानीय सरकारहरू अघि बढेकाे भन्दै वास्तविक गरिब, मजदुर, न्यून आय भएका किसानको घरमा चुलो नबल्नुका साथै बिचौलियाहरूको कमिसन र भ्रष्टाचारको खेती बढेको बताएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘यसको पूर्ण सङ्केत छिमेकी राष्ट्र चीनबाट स्वास्थ्य सामग्री र उपकरण खरिदमा भएको भ्रष्टाचारले प्रस्ट्याइसकेको छ । २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पपछिका बाढीपीडित र घरबासविहीनका नाममा राष्ट्रिय ढुकुटी तथा अन्तर्राष्ट्रिय सहयोगको दुरुपयोगको इतिहासले हामी सबै नेपाली जनतालाई चनाखो बनाएको छ र यसको पुनारावृत्ति हुनबाट रोक्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

साथै नागरिकहरूको स्वास्थ्यउपचार सेवामा लागिपरेका स्वास्थ्यकर्मीलाई जनताको सेवामा उच्च मनोबलका साथ अहोरात्र अघि बढ्न राज्य पक्षबाट स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर जनताको स्वास्थ्य उपचारका लागि कछुवाको गतिमा हैन, छालको गतिझैँ अघि बढ्न पनि अनुराेध गरेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ