बागलुङमा थप एक महिलामा कोरोनाको लक्षण, स्वाब परीक्षण गरिदै

बागलुङमा थप एक महिलामा कोरोनाको लक्षण, स्वाब परीक्षण गरिदै

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

चैत्र ३० बागलुगं । बीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना देखिएकै दिन बाग्लुगंमा पनि एक महिलामा र्यापीड टेष्ट गर्दा एक ६५ बर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ । तर स्वाब पोखरा पठाएर परीक्षण गरे पछि मात्रै कोरोना संक्रमणबारे निष्कर्षमा पुग्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
त्यस पछि उनलाई तत्कालै क्वारेन्टाईनमा राखिएको छ भने उनको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाईदै छ ।
भारतमा तीर्थयात्रामा गएर फर्केकी एक ६५ वर्षीया महिलाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट किटबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । आइतबार काठेखोला गाउँपालिकामा गरिएको परीक्षणको क्रममा वडा नं ६ बाट आएकी ती महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि क्‍वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

लकडाउन हुनुभन्दा केही समयअघि उनी भारतको गया भन्ने स्थानमा तीर्थयात्रा गएको खुलेको छ। उनको साथमा गएकाहरुको पनि खोजी भइरहेको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । उनको घर परिवार र सम्पर्कमा रहेकाहरुको पनि स्वाब परीक्षण गर्न लगाउने उनले बताए ।

यो गाउँपालिकामा ४४ जना भारतबाट आएका र ८ जना अन्य देशबाट आएकाहरुको आरडीटी किटबाट कोभिड(१९ परीक्षण गरिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ