आजदेखि काभ्रेको सबै स्थानीय तहमा र्यापीड टेष्ट हुने

आजदेखि काभ्रेको सबै स्थानीय तहमा र्यापीड टेष्ट हुने

  • आइतवार, चैत्र ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

चैत्र ३० बनेपा । आजदेखि काभ्रेपलाञ्चोका सबै स्थानीय तहमा कोरोना भाइरसको ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० हुने भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार विदेशबाट आएर घरमा एकान्तबास बेसेका र सम्पर्कमा रहेकाहरुको परीक्षणका लागि टोली खटाइएको छ । जिल्लामा ३०० आरडिटी किट उपलब्ध भइसकेको छ ।
काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ स्थानीय तह छन् । यसअघि धुलिखेल अस्पतालमा कोरोना भाइरसको परीक्षणको लागि २३ गतेबाट शुरु भएकोमा हालसम्ममा ३३ जनाको नमूना सङ्कलन गरी परीक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लामा गत फागु ३० गतेदेखि हालसम्मका विभिन्न देशबाट गरी २५१ जना व्यक्तिहरु आएकामा सबैजना घरमा नै एकान्तबास बसिरहेको जनाइएको छ ।
जिल्लामा हालसम्ममा धुलिखेल अस्पताल ८ र शिर मेमोरियल अस्पतालमा ५ गरी १३ वटा आईशोलेशन कक्ष रहेको र २८८ वटा क्वारेन्इन तयारी अवस्थामा रहेको डा झाले जानकारी दिनुभयो ।
जिल्लामा राहत वितरण गर्दा भिडभाड नगराउन तीन जना मात्रै जान निर्देशन दिइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयको निर्देशन बमोजिम अब राहत वा सहयोग बाँड्दा स्थानीय तहको प्रतिनिधि १, सुरक्षाकर्मी १ र दाता १ गरी ३ जना मात्रै उपस्थित भएर वितरण गर्ने गरी सबै स्थानीय तहलाई पत्राचार गरिएको जनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ