दानिलाइ कहिल्यै हानि हुँदैन:जैसवालले पुन गरे  राहत वितरण

दानिलाइ कहिल्यै हानि हुँदैन:जैसवालले पुन गरे  राहत वितरण

  • शनिबार, चैत्र २९, २०७६
  •  रबिन्द्र यादव, नवलपरासी पश्चिम

  • 11K
    SHARES

दानिलाइ कहिल्यै हानि हुँदैन हो, यहि भनाइलाइ चरितार्थ गर्दै नवलपरासी पश्चिमको सुस्ता गाउपालिका वडा नं ५ बेलवानीका ओमप्रकाश जैसवालले लकडाउनमा अति विपन्न घरपरिवारलाई राहतको रुपमा दैनिक उपभोग्य समाग्री वितरण गरेका छन् ।

दैनिक मजदुरी गरि घरखर्च चलाउने अति विपन्न परिवारलाई सुस्ता गाउपालिकाको वडा नं ५ सकरदिनहीमा ओमप्रकाश जैसवालले १२५ घरधुरीलाई राहत स्वरुप ६ किलोग्रामको दर चामल, एक किलो आलु, एक किलो दाल र एक केजी नुन बितरण गरेका हुन् ।

लकडाउनको समयमा घरमै बस्न बाध्यता रहेकोले छाक टार्न समस्या भएका अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको ओमप्रकाश जैसवालले बताए ।

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस ९कोभिड(१९० महामारीको कारण सरकारले गरेको लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आ ( आफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको जैसवालले बताए ।

कुनै पनि घरपरिवारलाई छाक टार्न समस्या भए मलाई तुरुन्तै सम्पर्क गर्नु भनि सबैमा उनले आह्वान गरे साथै जैसवालले अहिले करोना त्रास कोभिट( १९ को बेला राजनिती गर्नु भन्दा सबैले सहयोगको भावनामा जुट्न सबैलाई आग्रह समेत गरे । स्मरण रहोस् यस अघि पनि ओमप्रकाशजैसवाल र धनुषधारी चौधरी ९कुर्मी० र चन्द्रभुषण यादवको नेतृत्वमा बेलवानीमा दुई सय पचास घरधुरीमा सोही दरका हिसाबले राहत वितरण भएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी