मनाङमा एकजना मात्र क्वारेन्टाइनमा :स्वास्थ्य सामग्री अभाव

मनाङमा एकजना मात्र क्वारेन्टाइनमा :स्वास्थ्य सामग्री अभाव

  • शनिबार, चैत्र २९, २०७६
  • –नवीन लामिछाने

  • 5.7K
    SHARES

कोभिड–१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ ।
स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म भारतबाट फर्किनुभएका एकजना मात्रै क्वारेन्टाइनमा रहनुभएको छ ।
यही चैत ९ गते घर फर्किएका भारत बोर्लाङमा अध्ययनरत विद्याथी क्वारेन्टाइनमा रहनु भएका मनाङ ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङले जानकारी दिनुभयो । ती विद्यार्थीलाई हाल क्वारेन्टाइनमा राखिएको र थ्रोट स्वाब परीक्षणका लागि गण्डकी प्रदेशस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो ।
मनाङमा यसभन्दाअघि चारजनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । “दुबई, कतार, साउदी अरेवियाबाट फर्किनुभएका नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउँदा सामान्य रहे पश्चात् घर फर्किसक्नुभएको छ”, उहाँले भन्नुभयो । जिल्लामा रहनुभएका विदेशी नागरिकको स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको उहाँले जानकारी दिनुभयो ।

“अहिलेसम्म पनि औषधि र उपकरण आइपुगेको छैन, तर मनाङ ङिस्याङवासीका लागि स्वास्थ्यप्रति सचेत हुँदै स्वास्थ्यकर्मीहरु औषधि र उपकरणबिना नै भए पनि खटिनुभएको छ”, गाउँपालिका अध्यक्ष लोकन्द्रबहादुर घलेले भन्नुहुन्छ, “औषधि र उपकरण चाँडै आइपुगे ढुक्क हुने थियो ।” जिल्लामा विदेशबाट आउने नागरिकको सङ्ख्या भने कम रहेको छ भने विदेशी पर्यटकसमेत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ