बीरगन्ज चैत्र २९ । बीरगन्जमा रहदै आएका तीन जना भारतीय नागरिकमा कोरोनाको आशका भए पछि उनीहरुलाई आईसोलेसनमा राएिको छ । हेटौडामा गरिएको नमुना परीक्षणमा शंका गरिए पनि यसको अन्तिम पुष्टी गर्न नमुना काठमाण्डौं ल्याईदै छ ।
कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका-२, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ।
नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जस मध्य एक जना निको भएर घर फर्किसकेका छन् भने अन्यको उपचार भईरहेको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब ल्याएर परीक्षण भइरहेका छन्। संघीय सरकारको सहयोगमा हेटौंडामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको थियो।