भारतमा एकै परिवारका आठ नेपालीमा कोरोना संक्रमण

भारतमा एकै परिवारका आठ नेपालीमा कोरोना संक्रमण

  • शनिबार, चैत्र २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

चैत्र २८, नयाँदिल्ली । भारतको मुम्बईस्थित गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका अधिकांश सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै भारतमा कोरोना भाइरस संक्रमित नेपाली संख्या १२ पुगेको छ ।

सुदूरपश्चिमको अछाम मूल घरका उनीहरु कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए । परिवारको दुई दाजुभाई, श्रीमतीहरु र चारजना छोराछोरीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । पारिवारिक श्रोतले कान्तिपुरलाई बनाएअनुसार शुरुमा सामान्य ज्वरो आउने समस्या देखिएपछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

परिबारका जेठो सदस्यले भाईलाई अस्पताल लैजाने र ल्याउने गरेकाले शंका लागेर परीक्षण गराउँदा आफूमा पनि कोरोना संक्रमण देखिएको बताए । उनले भने– शुरुमा भाईमा देखियो त्यसपछि त मलाई पनि शंका लाग्यो मेरो रिपोर्टपनि पोजेटिभ देखीयो । त्यसपछि सबै परिवारको परिक्षण गरिएको उनले बताए ।

११ जनाको परिवारमा अन्य ३ जनामा भने सक्रमण नदेखीएको उनले बताए । संक्रमितमध्ये एक जनालाई पिब्लुडी अँधेरीको गेष्टहाउसको आइसोलेशनमा र सातजनालाई सेभेन हिल र कस्तुरवा अस्पतालमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको सहकर्मी सुरेशराज न्यौपानेले बताएका छन् ।

यसअघि दक्षिण भारतको बैंग्लोरको बस्दै आएको एक नेपाली दम्पतीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ