ईतिहासका कैयौँ कालखण्ड र महामारीका प्रकोपहरु मानव जीवनमा नियमित रुपमा दोहोरीरहेका घटना हुन् तर कोरोना हाम्रो जीवनका लागि अप्रत्यासीत परिघटनाको रुपमा प्रवेश गर्यो । यसले अचानक हाम्रो जीवन बदल्दियो । छोटो समयमै यसले विश्वका अरबौं मानिसहरुलाई अंकमाल गर्नबाट छुटायो । हात मिलाउनबाट छेक्यो । सार्वजनिक ठाँउमा भेलाा हुने , यात्रा गर्ने र मनोरञ्जन गर्ने चाहनामाथि बार लगायो । त्यति मात्रै हैन यो पक्ति लेख्दै गर्दा करीब एक लाखको नजिक मानिसहरुले आफ्नो प्रिय जीवन गुमाईसकेका छन् र यो बढीरहेको छ । त्यसै गरी त्यो सानो भाईरसले १६ लाख मानिसहरुलाई गाँजेको छ र यो पनि बढ्ने क्रममै छ । अझै कतिको प्राण लिने हो , कतिलाई संक्रमित गर्ने हो निश्चित छैन । यसले मानिसहरुलाई एकान्तवास,आईसीयु र भेन्टिलेटरमा राखिदिएको छ । त्यही कोरोनाले अरु दाह्रा नंग्रा फिजाउदै तपाई र म तिर पनि लम्किरहेको छ, जो अहिले सम्म सुरक्षित महसुस गरीरहेका छौँ । थाहा छैन हामी बोल्दै गर्दा, लेख्दै गर्दा , हिड्दै गर्दा र आफ्नो कर्तव्य पूरा गर्दा गर्दै कतिखेर एकान्तवास जानु पर्ने हो , कसैलाई चितामै पुर्याउने पो हो कि वा हामी सुरक्षित रहन पाउने हो । यो हाम्रो जीवनको तत्कालिक अनिश्चितता हो । तैपनि कोरोनाले हामीलाई घर भित्रै थुनिरहदाँ दुनियाँभरमा मृत्यु र जोखिमको प्रहर बढाउदै गर्दा हामी नजिक कति आईपुग्यो कोरोना या हामीसगँ नआउने बाचा गर्दैछ यसलाई एकीन गर्न सकिदैन ।
हामी घर भित्र ईन्टरनेटको प्रयोगबाट सामाजिक सञ्जालका माध्यमले आफ्ना पीडाहरु, आफ्ना जिम्मेवारीहरु बहन गर्न , आफ्ना दुखः र सुखहरु साझा गर्ने प्रयास गरीरहेका छौं । धनाढ्यहरको त्यो लक्जरियस जीवन पनि खुम्चिएको छ र एक प्रकारको दुखःमा बदलिएको छ , भने गरीब दुखीमाथि थप दुखः बढेको छ । पीडा बढेको छ ।
सम्झनुस् ३० डिसेम्बर,२०१९ अघिको हाम्रो दुखः र सुख सहितको जीवन एकाएक निराशा, संकुचन र स्तव्धतामा बाच्न बाध्य छ । केवल ६० नानो मिटर अर्थात कलमको एक थोप्लो जत्रो आकारमा लाखौंको संख्यामा रहने यो भाईरसले मान्छेको लामो जिन्दगी कसरी रोकिदिएको छ । हाम्रो फोक्सो र घाँटीमा आक्रमण गरेर कसरी जीवन नाश पार्दैछ । हामी घर भित्र ईन्टरनेटको प्रयोगबाट सामाजिक सञ्जालका माध्यमले आफ्ना पीडाहरु, आफ्ना जिम्मेवारीहरु बहन गर्न , आफ्ना दुखः र सुखहरु साझा गर्ने प्रयास गरीरहेका छौं । धनाढ्यहरको त्यो लक्जरियस जीवन पनि खुम्चिएको छ र एक प्रकारको दुखःमा बदलिएको छ , भने गरीब दुखीमाथि थप दुखः बढेको छ । पीडा बढेको छ । हो कोरोना अघि र पछि तपाई र मैले पाएको फरक अनुभूतिको दुई अध्याय हो यो । यस पछि शायद हाम्रो शैली संस्कृति र कार्यशैलीमा नयाँ परिवर्तन हुन सक्छ भन्ने लाग्छ ।
कोरोना कहिले टाढिन्छ हामीबाट ?
विश्वभरका वैज्ञानिकहरु जसले चन्द्रमामा घर बनाउन सक्ने पत्ता लगाए । मंगलग्रह र ब्रमान्डबारे रहस्यमय खोज गरीरहेका छन् । प्रविधिको क्षेत्रमा त विकास कति हो कति आज भन्दा १० वर्षअघि र अहिले ठूलो परिवर्तन ल्याएको छ मानवीयय जीवनमा त्यही प्राविधिक क्रान्तिले ।
कोरोना विरुद्धको औषधी, भ्याक्सिन र भेन्टिलेटर यति सम्मकि मास्क समेत पर्याप्त छैन । त्यसैले नै कोरोना विरुद्धको युद्धमा हाम्रो बिजय कहिले ? यो निश्चित छैन ।
तर डिसेम्बर अन्त्य २०१९ बाट फैलिएको त्यही कोरोनाले दुनियाँलाई गाँजिरहेको , अझ भनौ धनी समृद्ध र शक्तिशाली देशहरुको घाटी निमोठ्दै हजारौ नागरिकहरुको ज्यान लिईरकेको एउटा नागंो आखाँले देख्न नसकिने यो कोरोनाले कहिले छोड्ला हाम्रो साथ । यो अझै निश्चित भएको छैन । चीनदेखि अमेरीकासम्म दुनियाँका ३१ देशका वैज्ञानिकहरुले यसको खोज अनुसन्धान र अध्ययनमा जुटिरहेका छन् । करीब ४० प्रकारको भ्याक्सिन परीक्षण भईरहेको केही पशुमा र केही मानवमै भन्ने सार्वजनिक भएको छ तर यो निश्चित छैन कि यसले पूर्णता पाउन कति दिन लाग्ने हो ? ६ महिना एक बर्ष वा डेढ बर्ष भन्दा माथि करीब करीब अनुमानहरु यस्तै छ शोधकर्ताहरुको । खराब र विनाशकारी हतियारको रुपमा सन् २०२० कोरोना भाईरस बोकेर शुरु भएको यसै बर्ष हामी यसको भूमरीबाट मुक्त हुन कठिन जस्तो देखा पर्दैछ , भलै न्युनीकरण भएर जनजीवन सामान्य तर्फ जान भने सक्ने छ । अमेरीकी महामारी रोज्ञ विषेशज्ञ एन्थोनी फौसीका अनुसार यो महामारीको रुपमा मौसमी फ्लुको रुपमा फेरी पनि दोहोरिन सक्छ । तर कोरोनाको दोस्रो आक्रमण विरुद्ध लड्न भने मानवसमुदायसगँ हतियार हुने छ भ्याक्सिनको ।
अहिले मानवजातिसँग यही भ्याक्सिन नामक हतियार छैन । तर पृथ्वीलाई खरजानी पार्न सक्ने परमाणु बम र स्टेल्थ पाईटर जेट र युद्धपोतहरु छ शक्तिशाली देशहरुसगँ । पैसा छ प्रविधि छ । तर कोरोना विरुद्धको औषधी, भ्याक्सिन र भेन्टिलेटर यति सम्मकि मास्क समेत पर्याप्त छैन । त्यसैले नै कोरोना विरुद्धको युद्धमा हाम्रो बिजय कहिले ? यो निश्चित छैन । यसलाई अहिले हामीसम्म आउन नदिने एक मात्र विकल्प सामाजिक दुरी, एकान्तवास बस्नु र संघर्ष गर्नु नै हो । अर्थात बलियो कोरोना आक्रमणका बेला हामी लुक्ने, छिप्ने तर जब हामीले यसका बिरुद्ध भ्याक्सिन बनाउछौं , ओखतिहरु बन्नेछन् त्यसपछि यसलाई खुल्ला रुपले चुनौती दिनेछौं र हामीले विजयको गीत गाउने छौंँ र हाम्रो जीवनलाई नयाँ अध्यायमा लाने छौँ ।
तपाईसगँ पैसा अथाह हुनु, प्रविधि उच्च हुनु या लक्जरियस जीवन हुनु मात्रै ठूलो कुरा हैन रहेछ बरु सामाजिक एकता, मानवीय भावनात्मक दुरी कम हुनु र एक विश्व, एक मानवको रुपमा रहनु जरुरी रहेछ भन्ने शिक्षा कोरोनाले दिएको छ ।
कोरोनालाई जीते पछि हाम्रो जीवन कसरी चल्ला ?
विश्वका सात अर्ब बढी मानिसहरु लकडाउन, सामाजिक दुरी र सामाजिक जीवनलाई फेर्दै जिउन अब सिपालु भएका छन् । शुरुमा मानिसहरुलाई कठिनाई थियो । कोरोनाको बढ्दो त्रास पछि मानिसहरु हरेक दिन, हरेक पल अर्थात फुर्सद हुनासाथ सञ्चारका माध्यमहरु, सामाजिक सञ्जालहरुमा नियाल्दछन् कि विश्वमा , आफ्नै देशमा, समाजमा के भयो ? के भईरहेको छ सूचना पत्ता लगाउन । हामी हरेक दिन सुत्नु अघि र ब्युझनासाथ कोरोनाले के भयो होला भनेर सूचनाको खोजी गर्न थाल्दछौँ । अहिले कतिलाई रोजगारी गुमेर पेट भर्न नसकेकोमा चिन्ता होला, व्यापारी कसैलाई मालामाल हुने स्थिति होला , कसैलाई घाटाको भयकर भारीले सडकमा ल्याउन पनि सक्ला यसको लेखाजोखा कोरोनालाई जीतरे हाम्रो रोकिएको जीवन सुचारु नहुदाँ सम्म तथ्याकंीय पुर्वानुमान गर्न सकिदैन । तर एउटा कुरा हो मानिसलाई आशिक बाहेक धेरैलाई कोरोनाले चिन्ता र पीर दिएको हुनु पर्दछ ।
यसले विश्व मानवजातिमा के शिक्षा दियो भने तपाईसगँ पैसा अथाह हुनु, प्रविधि उच्च हुनु या लक्जरियस जीवन हुनु मात्रै ठूलो कुरा हैन रहेछ बरु सामाजिक एकता, मानवीय भावनात्मक दुरी कम हुनु र एक विश्व, एक मानवको रुपमा रहनु जरुरी रहेछ भन्ने शिक्षा कोरोनाले दिएको छ । जस्तै मानौं चीन , कोरीयाले कोरोना नियन्त्रण गरेका छन् तर यदी अमेरीका युरोप या अन्य देशहरुमा नियन्त्रण भएन भने चीन कोरीया सुरक्षित रहन सक्दैनन् । त्यसैले होला चीनीया राष्ट्रपति सि जिन पिगंले कोरोना विरुद्ध विश्वव्यापी युद्ध घोषणा गर्नु पर्ने प्रस्ताव गरेको । उनले आफ्नै नेतृत्वमा कोरोना विरुद्ध चीनमा दोस्रो जनयुद्ध घोषणा गरेका थिए । जसबाट उनीहरुले आशिंक सफलता पाए । पहिलो जनयुद्ध चीनमा माओले राज्य सत्ताका लागि गरेका थिए । दोस्रो जनयुद्ध सिले सिंगो मानव समाजको रक्षाका लागि गरे । आशा गरौं मानवजातिले प्रकृतिका चूनौतीमाथि बिजय पाउन अब एक्ला एक्लै लड्नु नपरोस् । विश्वकै शक्तिशाली राष्ट्र अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा वुहान , चीनीया भाइरस भनेर कोरोनालाई जातिवादी कोणबाट व्याख्या गरे पनि जब अमेरीका कोरोनासगँ हार्ने स्थिति आयो उनी बदलिए । अहिले त्यस्तो शब्द हैन चीनबाट भेन्टिलेट र मास्क सहयोग पाईरहेका छन् खरीद पनि धेरै श्वास्थ्य उपकरण अमेरीकाले चीनबाट गरिरहेको छ । यसबाट ट्रम्पले पनि शिक्षा पाएकै हुनु पर्दछ कि कोरोना हेर्दा सानो तर मानवजातिका बिशाल शत्रु रहेछ भनेर ।
यो प्रकृति र मानवसमाजको द्धन्दको परिणाम पनि हुन सक्छ कोरोना । यद्यपि, यसलाई प्रतिस्पर्धीहरुलाई तह लगाउन शक्ति राष्ट्रहरुको षड्यन्त्र र प्लेएक्टको रुपमा समेत टिप्पणीहरु भईरहेका छन् । यसबोर तथ्यहरुका आधारमा सत्यको अन्वेषण नहुदाँ सम्म तर्क गर्न कठिन हुन्छ ।
कोरोनाको भ्याक्सिन तयार भए पछि पनि यसले पटक पटक फर्किएर मानव जीवनमा हमला गर्न सक्दछ । या ब्ल्याक डेथ जस्तै , दादुरा,पहेलो ज्वरो जस्ता अनेकौँ नयाँ महामारीहरु हाम्रो जीवनमा दोहोरिन सक्छ ।
अब हाम्रो जीवनमा नियमित मास्क लगाउने नयाँ संस्कृतिको रुपमा कायम रहन सक्छ, अंकमाल नगर्ने टाढैबाट अभिवादन(नमस्कार) गर्ने चलन बढ्न सक्नेछ ,ठूला भिडभाड गरीरहनु हुदैन भन्ने चेतनामा आईरहन सक्छ । अर्थात मानिसलाई कोरोनाले सधैँ त्रस्त बनाईरहने छ होला शायद ।
मानव समाजले आफैभित्र अन्तरविरोध, भेदभाव र युद्ध सृजना गरेर नयाँ चूनौतीको भूमिरीमा आफैलाई फसाउने जोखिम लिनु हुदैन तर विस्वका प्रमुख शक्तिहरु आफ्नो स्वार्थ रक्षाका निम्ती यही गर्न तयार छन् जसले पृथ्वीलाई, मानव समाजको आयु छोट्याउन सक्छ ।
ठूला कर्पोरेट कार्यलयहरु, बाक्लो मात्रामा जम्मा भएर काम गर्नु पर्ने मजदुरहरुलाई दुरीसहित काम गर्ने अवस्था बन्न सक्छ । घरैबाट ईन्टरनेट र प्रवृधिका माध्यमले काम गर्ने संस्कृति बढ्न सक्छ । अहिले न्यूयोर्क र ईटालीमा वा जुनसुकै पनि ठाँउमा पनि बढी जनसंख्या भएका ठाँउहरुमा बढी मानिस कोरोनाले संक्रमित भएको देखिन्छ । त्यस कारण मानिसहरुको बसोबास र शहरी संस्कृतिमा परिवर्तन आउन सक्छ । मानिसहरु शहरको बाक्लो मात्रामा ठडिएका भवन, मानिसको भीड भन्दा अलि वरपर प्राकृतिक सौन्दर्यताको छेउछाउ या गाँउतिर बास बस्न मन पराउने हुन सक्छ । ठूला अपार्टमेन्ट र कम्लेक्सहरुमा दुरी कायम गरिन सक्छ । शायद अब रेष्टुरेन्ट, होटलहरुमा सामाजिक दुरी कायम हुने गरी पुनसंरचना या निर्माण हुदोँ हो । अस्पतालहरुमा यस्तै व्यवस्था गरिनेछ ।
संंस्कृतिको विकास मानिसहरुको लामो सामाजिक व्यवहार उप्पादन पद्धतिबाट विकास भएको देखिन्छ । कोरोनाले दिईरहेको लामो लकडाउन(बन्दाबन्दी) ले शायद हाम्रो जीवनमा पनि यस्तै केही परिवर्तन ल्याउने पुर्वानुमान गर्न सकिन्छ । हाम्रो भीड र होहल्ला तथा खुल्ला मनोरञ्जन एवं सुविधाका लागि प्राकृतिक शोषणका कारण उत्पन्न वातावरण् तथा जैविक संकटबाट जोगिन पनि यसले केही टेवा पुर्याउने छ । जस्तो लकडाउन पछि काठमाण्डौ देखि दिल्ली सम्मको आकाश स्वच्छ देखिनु , चीनको वायुप्रदुषण कम हुनु र वन विनाश रोकिनाले र समुन्द्रमा मानवीय गतिविधि कम पशुपंक्षी तथा जलचरहरुको दिनचर्या फेरीएको देखिनु आदि । अर्कोतर जनसंख्या नियन्त्रण पनि अबको चासो बन्न सक्छ ।
कोरोनाले हजारौको ज्यान लिनु, लाखौंलाई संक्रमित पारेर दुख दिनु , मानवीय जीवन र ब्यवहारलाई बन्द जस्तै अवस्थामा पुर्याउनु एउटा दुखः र पीडा भए पनि यसले सगैँ एउटा शिक्षा दिईरहेको छ । संसारका सबै मान्छेहरुबीच भावनात्मक एकताको कमीलाई पूरा गर्ने, साझा संस्कृति र सामुहिक प्रयासमा जोड गर्नु पर्ने, प्रकृतिमाथि अत्याधिक दोहन गर्न नहुने, अस्वस्थ्य प्रतिस्पर्धा भन्दा सहकार्य गर्नु पर्ने कोरोनाले दिएको शिक्षा यही होला । हामीले हाम्रो कोरोना पछिको जीवनमा नयाँ शिक्षा सहितको संस्कृतिको विकास गर्नु पर्दछ अर्को महामारीले उत्पात मच्चाउनु अघि । त्यो हो भौतिक रुपमा फिजारिए पनि भावनात्मक रुपमा भेदभाव रहित र एकतावद्ध मानव समाजको विकास गर्नु, प्राकृतिक विपत्ति र चुनौतीको सामना गर्न । मानव समाजले आफैभित्र अन्तरविरोध, भेदभाव र युद्ध सृजना गरेर नयाँ चूनौतीको भूमिरीमा आफैलाई फसाउने जोखिम लिनु हुदैन तर विस्वका प्रमुख शक्तिहरु आफ्नो स्वार्थ रक्षाका निम्ती यही गर्न तयार छन् जसले पृथ्वीलाई, मानव समाजको आयु छोट्याउन सक्छ । ढिलो गरेर खराब परिस्थितिको सामना गर्नु अघि नै राम्रो गर्न तयार हुनु जरुरी छ ।