१९ मजदूर मेलम्चीमा अलपत्र

१९ मजदूर मेलम्चीमा अलपत्र

  • शुक्रबार, चैत्र २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

सडकको काममा मजदूरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदूर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ल्याइएका उनीहरु ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन् ।
मेलम्ची १० मा बस्दैआएका उनीहरुको समूहमा दुई महिला र र १७ पुरुष छन् । अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना छन् । ‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपत्को समयमा सम्पर्कविहीन भएकाले अलपत्रमा परेका छौँ’, जाजरकोट छेहेरा गाउँपालिकाका कर्णबहादुर पुन मगरले भन्नुभयो, ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ ।’ उहाँले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको पनि बताउनुभयो ।
ठेकेदारका खोजीमा प्रहरी कार्यालयसम्म पुग्दा पनि केही नभएको उनीहरुको गुनासो छ । मेलम्ची १० का वडाध्यक्ष भक्तबहादुर कार्कीले उनीहरु अलपत्र परेकाले राहत दिने प्रक्रिया शुरु भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ