मारवाडी सेवा समितिद्धारा काठमाडौंका ३२ वटै वडामा राहत वितरण

मारवाडी सेवा समितिद्धारा काठमाडौंका ३२ वटै वडामा राहत वितरण

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

काठमाडौं, २७चैत ।
मारवाडी सेवा समितले काठमाडौंका ३२ वटै वडामा रहेका विपन्न तथा ज्यालादारी मजदुरलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा श्रमिक तथा विपन्न परिवारलाई खाध्यान्हसहितको राहत सामग्री वितरण गरेको हो ।
मारवाडी सेवा समितिका अध्यक्ष श्रवण कुमार अग्रवालले काठमाडौंका ३२ वटा वडाका करिब ६ हजार परिवारलाई खाध्यान्हसहितको राहत सामग्री वितरण गरेको जानकारी दिए ।
अति विपन्न तथा दैनी मजदुरी गरेर छाक टार्नुपर्ने अवस्थाका परिवारलाई अहिले सम्स्या भएकोले चामल, दाल, तेल, नुन, मसला, साबुन लगायतका सामग्री वितरण गरेको जानकारी दिए ।


सम्बन्धीत वडाहरुसँग समन्वय गरेर पारदर्शी रुपमा राहत वितरण गरिएको उनले बताए ।सम्बन्धित वडामा जानकारी गराएर  मारवाडि सेवा समितिले राहत वितरण गरेकाे उनकाे भनाइ छ । अनुमती लिएर  यस्तै सन्चारकर्मीलाई समेत राहत सामग्री दिएको उनले बताए ।
समितिले नेपाल पत्रकार महासंघ ललितपुरलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको हो । सरकारी निकायसँग अनुमती लिएर मात्रै राहत बिरतण गर्नपाइने भएका कारण वडाहरू सँग काठमाडाैंमा राहत वितरणा गरिएकाे र ललितपुर जिल्ला प्रशासन कार्यलयकाे समन्वयमा पत्रकार महासंघसँग समन्वय गरी राहत सामग्री वितरणा गरिएकाे अध्यक्ष अग्रवालले बताए ।

राहतकाे नाममा जाे सुकैले खाध्यान्ह लगायतका सामग्री जथाभावी वितरण गर्नथालेपछि वडाहरूले नै वडा कार्यलयका समन्वय र जानकारी बिना राहत बाड्न नपाइने सुचना नै जारी गरेका छन् ।

उता, काठमाडाैं महानगरपालीकाले पनि वडा कार्यलयहरू मार्फत नगरवासीहरूलाइ राहत वितरण गरिरहेकेा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ