देशभर १९३ जना ‘आइसोलेसन’मा

देशभर १९३ जना ‘आइसोलेसन’मा

  • बिहिबार, चैत्र २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘क्वारेन्टाइन’मा रहेकाहरुको स्वास्थ्य परीक्षणका लागि प्रत्येक प्रदेशमा पाँच हजारका दरले ‘टेस्ट किट’ पठाएको जनाएको छ ।

बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशबाहिरबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको कोरोना परीक्षणका लागि प्रदेशहरुलाई किट उपलब्ध गराइएको बताए ।

हाल विभिन्न स्थानमा सात हजार ९४० जना क्वारेन्टाइनमा रहेको भन्दै डा. देवकोटाले बागलुङ, म्यादी र पर्वतमा पनि ‘र्‍यापिड टेस्ट’ सुरु भइसकेको बताए ।

यस्तै, कैलाली र कञ्चनपुरबाट आएका ६६ जनाको परीक्षणमा कोरोनाभाइरस नदेखिएको र अरु नमुनाहरु परीक्षण भइरहेकोे उनले जानकारी दिए ।

डडेल्धुरा र बैतडीमामा किट पुगेको, अछाम र जुम्लामा परीक्षण भइरहेको भन्दै उनले ती जिल्लाहरुमा ४०० जनाको नमुना परीक्षण गरिने जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ