चीनीया संस्थाको सहयोगमा काठमाण्डौं महानगर १७ नं वडाको विभिन्न स्थानमा ह्याण्ड वास स्टेसन सञ्चालन

चीनीया संस्थाको सहयोगमा काठमाण्डौं महानगर १७ नं वडाको विभिन्न स्थानमा ह्याण्ड वास स्टेसन सञ्चालन

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाण्डौं चैत्र २६ । दुइ चाइनिज संस्था चाइना फाउन्डेसन फर पभर्टि एल्लेभिएसन सिएफपिए र गुडविल फाउन्डेसनको सहयोगमा को सहयोगमा काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले वडाका विभिन्न स्थानमा ह्यान्ड वास स्टेशन स्थापना गरेको छ ।

वडाले ह्यान्ड वास स्टेशनहरु सञ्चालन गर्न लागेको हो ।

आज कामपा १७ वडा कार्यालयमा दुवै संस्थाका प्रतिनिधिले ह्यान्ड वास स्टेशन स्थापना गर्नको लागि २ सय लिटरका २० वटा पानी ट्याङ्कि र ह्यान्ड वास वडाध्यक्ष नवीन मानन्धरलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा वडाध्यक्ष मानन्धरले निकै साँघुरो वस्तीमा रहेको घना वस्तीलाई स्वच्छ र स्वस्थ रहन यो सहयोगले ठुलो योगदान दिएको बताउनुभयो ।

वडा कार्यालयले आजै वडा कार्यालय, धोबिचौरको प्रहरी वृत्त, ठमेल क्वाःबहाल लगायतका स्थानमा ह्यान्ड वास स्टेशन स्थापना गरिसकेको छ भने क्षेत्रपाटी थँहिति, नःघल, क्वाड्व, ढल्को, कुश्ले चौर लगायतका स्थानमा स्थापना  गरेको छ ।

यसको साथै चाइनिज, अमेरीकन, यूरोपियन लगायतका पर्यटकहरुको बसोबास रहेको स्थानहरुमा पनि ह्यान्ड वास स्टेशन स्थापना गर्ने उनको भनाई थियो ।

स्वास्थ्य सम्वन्धी सेवाको साथमा अस्पताल लगायतका स्वास्थ्य सेवाका भौतिक पूर्वाधारहरुको समेत निकै कमी रहेको नेपालमा अहिले संक्रमणको रोकथाम र नियन्त्रण नै महत्वपूर्ण रहेको सिएफपिएका नेपाल कन्ट्रि डाइरेक्टर चाउ ध्रु छियाङले बताउनुभयो ।

समय समयमा साबुन पानीले हात धोइरहनाले पनि संक्रमणको रोकथाममा ठुलो सहयोग पुग्ने भएकोले जनचेतनाका लागि आफुहरुले यो सहयोग गरेको उहाँको भनाई थियो ।

भारतमा संक्रमणको संख्या बढ्दै गइरहँदा नेपालमा जोखिम बढेको अवस्थामा नेपालमा तुरन्तै सक्रिय भइहाल्नुपर्ने सोचसहित आफुहरु अघि बढेको कन्ट्रि डाइरेक्टर छियाङको भनाई थियो ।

चाइनिज संस्थाहरुले उक्त सामग्रीहरु क्षेत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठको पहलमा कामपा १७ वडा कार्यालयलाई सहयोग गरेको थियो ।

सो संस्थाले ललितपुरको मंगलबजार, सानेपा, किर्तिपुर, फर्पिङको साथमा जनकपुरमा पनि ह्यान्ड वास स्टेशन स्थापना गरिसकेको छ ।

चाइनाकै ठुलो मानवीय संस्था सिएफपिए नेपालको पहिलो सक्रिय चाइनिज संस्था हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी