लक डाउन उलंघन गर्ने दुई हजार ६ सय कारवाहीमा

लक डाउन उलंघन गर्ने दुई हजार ६ सय कारवाहीमा

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ चैत्र २६ , उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ । सोही क्रममा २९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी ३२१ सवारी साधनलाई पनि नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । काठमाडाँैबाट सबैभन्दा बढी दुई हजार १५७ जनालाई नियन्त्रणमा लिइएको थियो ।

यसैगरी ललितपुरबाट ४८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गतेदेखि लागू हुनेगरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो ।

उक्त आदेश उल्लङ्घन गर्नेलाई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाका लागि भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ