आइसोलेसन बेडको मापदण्डमा प्रदेश सरकारको कडाई, सुन्दरहरैंचामा संख्या घटाइयो

आइसोलेसन बेडको मापदण्डमा प्रदेश सरकारको कडाई, सुन्दरहरैंचामा संख्या घटाइयो

  • बुधबार, चैत्र २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

विराटनगर, चैत २६ ।  प्रदेश १ मा क्वारेनइनमा बस्नेको संख्या ३ हजार ३१ पुगेको छ । प्रदेश १ का २ सय ५४ स्थानमा कूल ४ हजार १ सय ४८ क्वारेन्टाइन बेड तयार गरेको छ ।
होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दो क्रममा छ । बुधबार ३३ क्वारेन्टाइन बेड थपिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार आइसोलेसन बेडको संख्या ४ सय ३२ छ । आइसोलेसनमा बेडमा बस्नेको संख्या १० छ । आइसोलेसनबाट ८ महिला र १४ पुरुष डिस्चार्ज भएका छन् । क्वारेन्टाइनबाट ३२ जना डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेश १ मा निर्माण गरिएका आइसोलेसन स्थलको मापदण्डमा समेत प्रदेश सरकारले कडाई गर्न शुरु गरेको छ । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।
तोकिएको मापदण्ड पुरा गर्न सरकारले कडाइ थालेको हो । सरकारले मोरङको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएका ९ वटा आइसोलेसन मापदण्ड बमोजिम नभएको पाइएपछि घटाएको हो । स्थानीय रुपमा पालिकाहरुमा निर्माण भएको आइसोलेसन स्थल र बेडको विषयमा सरकारले चासो लिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सूचना डेस्कले जनाएको छ ।
प्रदेश १ मा हालसम्म १ सय ४५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १ सय ३ जनाको रिर्पोट नेगोटिभ आएको छ । स्वाब परीक्षण गर्न स्वाब पठाइएकामा २९ महिला र १ सय १६ पुरुष थिए । ३० महिला र १ सय ३ जनाको पुरुषको रिर्पोट नेगेटिभ आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ