विना हतियार माक्सको भरमा कोरोनासँग युद्ध लड्न जाँदैछुः एउटी नर्सको पीडा

विना हतियार माक्सको भरमा कोरोनासँग युद्ध लड्न जाँदैछुः एउटी नर्सको पीडा

  • मङ्लबार, चैत्र २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 30.3K
    SHARES

म लगातार दुई दिनको १२ घण्टाको ड्युटी पछि थकानमा थिँए । आज अलि ढिला निन्द्रा खुल्यो । निन्द्राबाट ब्युझिँए पछि शुरुमै मोबाईल अन गरेँ । शुरुमै देखेँ विश्व स्वास्थ्य दिवसको चर्चा । त्यसमा लेखिएको रहेछ, I support Nurse and Midwives ! यसले मलाई हर्षित बनायो । सम्झिए । कोरोना विरुद्ध युद्धमा मेरो भूमिका पनि महत्वपूर्ण छ । अझ जोश र जाँगर थपियो । नर्सिङ क्षेत्रको भूमिका नबुझेको यस समाजमा बल्ल ज्ञानको दिप छाए जस्तो लाग्यो । सँधै पर्दा पछाडी रहेको यो पेशा आज अग्र स्थानमा देख्दा मनमा खुसी लागेको छ । शायद फ्लोरेन्स नाईटेन्जल ( Florence Nightangle ) ले चाहेको नर्सिङ यस्तै थियो । आफ्नो कार्यको मुल्याङकन । कोरोना भाईरसको महामारी बढ्दै जाँदा मन पनि त्यति खुसी थिएन । यसको प्रभाव बढ्दै जादाँ अझ नेपाल जस्तो मुलुकमा ।

अमेरीका, ईटाली , स्पेन, बेलायत जस्ता समृद्ध र राम्रो श्वास्थ्य व्यवस्था भएको देशमा त यो माहामारी आगो झैं फैलिएको छ र उनीहरुलाई कठिन भईरहेको छ यसको विरुद्ध युद्ध जीत्न । कति डाक्टर र नर्सहरुले नै ज्यान गुमाईसकेका छन् ती देशमा ।
स्रोत साधनको अभाव भएको हाम्रो देशमा कोरोना त्यसरी नै फैलियो भने के होला ? अझ मलाई लाग्छ राज्यले यस समस्याको समाधानमा राज्यले प्रभावकारी रुपमा ध्यान दिएको जस्तो लाग्दैन ।

यहाँ पिपिई ( पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट ) को अवस्था देख्दा अझ दुर्भाग्य लाग्यो । जुन पिपिई स्वास्थ्यकर्मी र बिरामीलाई ल्याईएको थियो । त्यो जनप्रतिनिधहरुले लगाएर तस्वीर खिचेको दृष्य देख्दा जुन पिपिईबाट राज्यले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न सक्दैन त्यसले कोरोना भाईरसबाट बिरामी र सर्वसाधारणलाई सुरक्षित राख्न सक्दैन जस्तो लाग्छ मलाई । कर्मचारी , हाकिम र जनप्रतिनिधिको शरीरमा पिपिई तर स्वास्थ्यकर्मीलाई नहुने ?
स्तव्ध भएर सोचेँ राज्यलाई हाम्रो आवस्यकता छ कहिले ? भनेर सबै जना घरमै थिए । म फेरी हतारमा थिँए । ड्युटी जान्न भन्न पनि नसकिने किनकि देशलाई हाम्रो खाँचो छ ।

यो बेलामा हामीले बिरामीलाई पूर्ण तदारुकताका साथ सहयोग पुर्याउनु पर्छ भन्ने सोचका साथ म ड्युटी हिँडे । मलाई लाग्यो विना हात हतियार माक्सको भरमा म युद्धमा जाँदैछु । अस्पताल पुगे पछि माक्स र ग्लोभ्स लगाएर म काममा लागेँ । मैले सोचे ति नगरपालिकाका जनप्रतिनिधि र प्राविधिकले लगाएको पिपिई कहाँ छ खै ? मेरो पेशाले गर्दा मैले बिरामी छुन्न भन्न मिल्दैन । त्यही सोच सहित म आफ्नो कर्तव्य पालनामा खटिरहेकी छु । मैले सोचे म युद्धमा जादा सबै रक्षा कवच बिर्सिएछु । ड्युटी सकिए पछि म घर फर्किए र फेरी सोच्न बाध्य भँए मेरो परिवार किनकि मेरो पेशाले गर्दा मेरो परिवार सोच्न बाध्य भए । त्यस पछि मेरो देश र परिवार सम्झिँए अनि देश परिवार सोच्दै ओछ्यानमा पल्टिए किनकि मैले फेरी भोली अर्को १२ घण्टाका लागि ड्युटी जानु थियो । यो अवस्थामा देशमा राज्यको अनुपस्थिति गहिरो महसुस गरेकी छु ।

प्रज्ञा के.सी. त्रि.वि. शिक्षण अस्पतालमा नर्सको रुपमा कार्यरत छिन् ।

नोटः कोरोना विरुद्धको पहिलो मोर्चामा चिकित्सक र नर्सहरु छन् । उनीहरुको सुरक्षामा राज्यले उच्च प्रकारले ध्यान दिनु पर्दछ । उनीहरुलाई के महसुस गराउन सक्नु पर्दछ कि देश एउटा परिवार हो र उनीहरुका देशका रक्षक । तर उनीहरुलाई अझै पिपिईकै अभाव हुनु दुखद छ । प्रकृतिले हामीलाई जोगाएको छ , कि कोरोना माहामारीको रुपमा छैन । तर यो आउदैन भन्ने स्थिति छैन । अमेरीकामा मास्क समेत नभएर नर्सहरु आन्दोलित छन् । पर्दा पछाडी ठूलो भूमिका निर्वाह गर्ने नर्सहरुलाई कम नसोचौँ हजारौको संख्यामा खटिरहेका उनीहरुको जीवन र सुरक्षा देशका लागि उत्तिकै महत्वपूर्ण छ । यसरी अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरुका लागि हाम्रो तर्फबाट शुभकामना छ । स्वस्थ्य र सुरक्षित रहदैँ अरुलाई स्वस्थ्य वनाउन तपाईको भूमिका अमुल्य छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी